
पोखरा, २९ पुष ।
आगामी फागुन ९ देखि १८ गतेसम्म पोखरामा संचालन हुने १७ औं संस्करणको आहा रारा गोल्ड कप फुटवल प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमिति चयन गरिएको छ । सहारा क्लवका अध्यक्ष केशब बहादुर थापाको अध्यक्षमा हालै बसेको बैठकले क्लबका मानार्थ सदस्य एवं संल्लाहकारहरुको १५ वटा विभिन्न उप–समितिहरु चयन गरेको हो ।
अर्थ संकलन समितिका संयोजकमा सल्लाहकार टिका बहादुर कार्की, प्रचार प्रसार संयोजकमा सल्लाहकार नारायण कार्की, स्वयम सेवक परिचालन उपसमिति संयोजकमा प्रकाश शेरचन, शान्ती सुरक्षा उपसमिति संयोजकमा खेमबहादुर गुरुङ, मैदान व्यबस्थापन संयोजकमा यम बहादुर गुरुङ, आवास व्यबस्थापनमा वसन्त थकाली, टिम समन्वयमा विक्रम थकाली, अतिथी सत्कार उपसमिति संयोजकमा गणेश बहादुर भट्टराई रहेका छन ।
त्यसै गरि आयोजक टिम संयोजक विरभद्र आचार्य, मञ्च व्यबस्थापनमा शम्भु कार्की, प्राथामिक उपचार डा. रविन्द्र प्रसाद श्रेष्ठ, प्राविधिक संयोजकत्वमा आनन्द रन्जित, लियाजन (विदेशी जनसम्पर्क) संयोजक तेज बहादुर गुरुङ, यातयात व्याबस्थापनमा ऐन कुमार साई, शिल्ड मेडल संयोजकमा पुर्ण बहादुर गुरुङ, रहेका छन ।
त्यसै गरी प्रतियोगिता सफल पार्न क्लवका अध्यक्ष केशब बहादुर थापाको अध्यक्षतामा ५ सय १ जना मुल आयोजक समिति १ सय १ जना सल्लाहकार समिति चयन गरिएको छ । साथै प्रतियोगिता संयोजकमा क्लवका बरिष्ठ उपाध्यक्ष हरीराम गुरुङ, सदस्य सचिवमा क्लवका महासचिव विश्वराज बराल चयन गरिएको क्लवले जनाएको छ ।