स्याङजाको बाङखे गाँउमा माघे संक्रान्ति मेलामा भलिबल हुने

पोखरा, २८ पुस ।
स्याङजाको वालिङ ३ बाङखेमा माघे संक्रान्ति मेलामा भलिबल प्रतियोगिता हुने भएको हुने भएको छ ।

वालिङ नगरपालीका अन्र्तगत पर्ने पर्यटकिय सम्झवना बोकेको गाँउ बाङखेमा माघेसंक्रान्ति पर्वको अवसरमा स्थानीय जनहित क्लवले मेलाको आयोजना गर्न लागेको हो ।

माघ १ देखि ७ गते सम्म आयोजना हुने मेलामा सांस्कृतिक कार्यक्रमका साथै खेलकुद प्रतियोगीताहरु आयोजना हुने आयोजकले जनाएको छ । “समानता र सहअस्तित्व बिच युवा एकता, जसले समाजको विकास गर्दछ” भन्ने मुल नाराका साथ आयोजना हुने मेलामा पुरुष भलिबल प्रतियोगीता एवम ख्याति प्राप्त कलाकारहरुको विविध मनोरञ्जनात्मक कार्यक्रम हुने जनाएको हो ।

भलिबल प्रतियोगीता तर्फ विजेताले नगद ४२ हजार, उपविजेताले ३२ हजार र तृतिय हुनेले २२ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगीतामा उत्कृष्ट खेलाडि, वेष्ट स्पाइकर, वेष्ट डिफेन्डर, वेष्ट सर्भर, वेष्ट क्विकर र वेष्ट सेटर र वेष्ट ब्लकरले ट्रफि, मेडल र प्रमाणपत्र पाउने खेल संयोजक तुल गुरुङले जानकारी दिए ।

मेलाको सम्पुर्ण तयारी अन्तिम चरण पुगेको र मेलामा ख्याति प्राप्त कलाकारहरुको विविध मनोरञ्जनात्मक कार्यक्रमका साथै गुरुङ समुदायको संस्कृति प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

गुरुङ समुदायको बसोबास रहेको उक्त गाँउ सिद्धार्थ राजमार्गबाट नजिकै रहेर पनि पिछाडिएको छ । प्रशस्त गुरुङ संस्कार, संस्कृति, परम्परा र प्राकृतिक सौन्दर्यताले भरिपुर्ण रहेर पनि प्रचारप्रसार र प्रवद्र्धन हुन नसक्दा बाङखे गाँउको विकास हुन नसकेको स्थानीयको बुझाई छ ।

ग्रामिण पर्यटनलाई टेवा पुग्ने उद्देश्यका साथ आयोजना गरिएको मेलालाई सफल बनाउन देश तथा विदेशबाट सहयोग आउने क्रम जारी रहेको आयोजकले बताएको छ । क्लवले वर्षेनी वार्षिक उत्सवको अवसरमा माघेसंक्रान्ति पारेर मेला गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close