ना, नेफा, पाइलट क्लबको सहकार्यमा फेवातालमा उद्धारका लागि मोटर बोट

पोखरा, २८ पुस ।
पोखराको फेवातालमा प्याराग्लाइडिङमा हुने दर्घटनालाई न्यूनीकरण गर्न नेपाल हवाई खेलकुद संस्था (ना), नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ, पाइलट क्लब र एक्रो क्लबको पहलमा पोखराको फेवातालमा मोटर बोट ल्याइएको छ ।

करिब १० लाखको लागतमा चिन बाट ल्याइएको उक्त मोटर बोट १५ हर्ष पावरको रहेको र उद्धारका लागि निकै सहज हुने पाइलट क्लबका उपाध्यक्ष सुवाश थापाले बताए । उनले भने–“ना ले ल्याएको पुरानो मोटर बोटले खासै राम्रो संग काम नदिएकोले विभिन्न संघ संस्था र व्यक्तीको पहलमा यो नयाँ ल्याएका हौं ।” अब नयाँ मोटर बोट बाट फेवातालमा हुने आकश्मिक दुर्घटनालाई न्यूनीकरण गर्न सजिलो हुने उनको भनाई थियो ।

नयाँ मोटर बोटको शनिवार एक कार्यक्रमका बिच पोखरा महानगरपालिका वडा नं १८ का अध्यक्ष रणबहादुर थापाले रिबन काटेर सुरुवात गरे । उनले सो अवसरमा फेवातालमा हुने प्याराग्लाइडिङ संग सम्वन्धित दुर्घटना नभएर अन्य दुर्घटनाका लागि यो मोटर बोटले निकै सहज हुने बताए । उनले महानगर संगको पहलमा मोटर बोट संचालन र संरक्षणका लागि एक जना कामदार खटाउने विषयमा आफूले यथासिघ्र पहल थाल्ने बताए ।

सो अबसरमा बोल्दै नेपाल खेलकुद संस्था (ना)का अध्यक्ष योगश भट्टराईले ना ले पोखराको हवाई खेलकुदलाई जोखिम मूक्त बनाउन प्रयास गरिएको बताउँदै नयाँ मोटर बोट संचालनले यसमा ठूलो सहयोग पुग्ने बताए । अध्यक्ष भट्टराईले –“हामी फेवातालमा हुने आकश्मिक दुर्घटना रोक्न हरसम्भव प्रयास गर्दैछौ यसका लागि सबैको साथ र सहयोगको खाँचो छ ।”

कार्यक्रममा बोल्दै नेपाल खेलकुद पत्रकार मंचका अध्यक्ष केशव पाठकले उद्धारका लागि मोटर बोट संचालनमा ल्याउनु सुखद रहेको बताए ।

पोखरामा विभिन्न प्याराग्लाइडिङका ६० भन्दा वढी कम्पनीहरु संचालनमा रहेको र दैनिक ३ सय भन्दा वढी प्याराग्लाइडिङका उडानहरु हुने गर्दछन । फेवातालमा उद्धारका लागि शसस्त्र प्रहरीले पनि उद्धार टोली सहित केही वर्ष देखि यता मोटर बोट संचालन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close