
पोखरा, २८ पुस ।
प्रदिप हुमागाई नेपाली फुटबल प्रशिक्षक । चार वर्ष अघि उनी निकै चर्चामा थिए । पछिल्लो पटक लिगमा थ्रि स्टारलाईलाई लिग च्याम्पियन मात्र बनाएनन नेपालमा आयोजना भएका धेरै खेलहरुमा थ्रि स्टारको वर्चश्व जमाउन सफल रहे । उनी एफसीका ए लाइसेन्स प्राप्त प्रशिक्षक समेत हुन । उनी उक्त प्ररिक्षामा नेपाल बाट प्रथम श्रेणमिा उत्र्तिण गर्ने प्रशिक्षक मध्येका एक हुन ।
काठमाडौ बानेश्वरका प्रदिप अमेरिकामा आफ्नो प्रशिक्षणको भविष्य खोज्दै उतै छन । तर उनले फुटबललाई छोडेका छैनन । अमेरिका पेन्सिलभेनिया राज्यको वेष्टहाम यूनाइटेड एकेडेमीमा उनी प्रशिक्षकका रुपमा व्यस्त छन । अमेरिकाको करिब तिन वर्षको व्यस्त जिवनलाई पन्छाएर नेपाल फर्केका उनी यति बेला पोखरामा छन ।
“नेपाल आउने वित्तिकै कनि हो किन पोखरा आउन मन लागि हाल्छ” प्रदिप भन्छन त्यही भएर ४–५ निदको लागि भए पनि पोखरा आएको बताउँछन । यति बेला पोखराको आकाशमा डम्म बादल भएर पनि उनको मन त्यती खेल्न सकेको छैन । उनी मौसम देखि वाक्क भएका छन । अमेसिकाको चिसो छल्न नेपाल आएका उनी पोखराको मौसमले पनि निकै च्यालेन्ज गरे जस्तो लाग्दैछ ।
आफ्नो पोखरा घुम्ने समयलाई थाती राख्दै उनी सहारा एकेडेमी पुगेका थिए । उनी त्यहाँ रहेर विहानैको चिसो मौसममा पनि सहारामा आश्रित बालकहरु संग विताए । तिन वर्ष अघि भेटेका ति बालकहरुको फुटबल ‘स्किल’ बढेको पाउँदा निकै खुसी लागेको अनुभव सुनाए । उनले १५ दिन प्रशिक्षण दिएका थिए । सहारा क्लब द्वारा स्थापित गरिएको सहारा फुटबल एकेडेमी नेपालको एक मात्र सुविधा सम्पन्न एकेडेमी हो । यो एकेडेमीमा १४ जिल्लाका गरिब, विपन्न र निमुखा बालकहरुलाई फुटबल प्रशिक्षण प्रदान गरिन्छ ।
आफू फुटबल प्रशिक्षक भएर पनि होला उनले एकेडेमीका २८ जना बालकहरुलाई फुटबलका विभिन्न ‘स्किल’हरु सिकाए । एक पछि अर्को गर्दै उनीहरुलाई नयाँ नयाँ स्किलका बारेमा जानकारी दिइरहँदा उनीहरु पनि फुटबलको स्किलहरु सिक्न व्यस्त देखिन्थे । बालकहरु संगै आधा घन्टा फुटबलमा भिडे । उनले बालकहरुलाई गोल गर्ने तरिका र डिफेन्सलाई बलियो बनाउने तरिका, पास गर्ने तरिकाका बारेमा एक पछि अर्को गर्दै प्रशिक्षण दिइरहेका थिए । मैदान बाट बाहिर निस्के पछि बालकरुले एकै स्वरमा भने–“गुरुले आज राम्रो सिकाउनु भयो खुसी लाग्यो ।”
मैदानमा रहेका प्रलिप संगको भेटमा हालै सकिएको लिगका बारेमा प्रश्न गर्दा खासै उज्यालो पन उनमा देखिएन उनले भने– “नेपाली खेलाडीको खेल र स्तर निकै खस्किएछ ।” तर उनी आशाबादी पनि छन । नेपालमा नयाँ खेलाडीको उत्पादन नहुनु पनि एक हो । नियमित प्रशिक्षण र अहिलेका नयाँ टेक्निकल र स्किलका कुराहरु समात्न सक्नु पर्छ । केही खेलाडीले त्यसलाई आत्मसाथ गर्न सके पनि सबैको एउटै क्षमताको हुन नसकेको उनको भनाई छ । आफूले नेपालमा महिला वा पुरुष मध्ये कुनै टिमको जिम्मेवारी पाए यतै आउने दृढ इच्छा उनको छ ।
प्रदिपले जती बेला सम्म नेपालमा काम गरे उनले छाप छोडे । उनको कक्र्तब्यको पालना संगै उनको कामको स्यावाशी सबै बाट पाए । हुने विरुवाको चिल्लो पात जस्तै प्रदिप नेपाली फुटबलका एक कुशल प्रशिक्षक हुन भन्न्ुमा दुईमत नहोला । उनी जहाँ छन उनले आफ्नो कक्र्तब्य बिर्सेका छैनन । जहाँ रहे पनि नेपाली फुटबललाई पछ्याइरहने उनको नेपाली फुटबलमा खाँचो अवश्य छ । तर राजनितीले गाँजेको नेपाली फुटबलको यात्रामा प्रदिप जस्ता नअटाउन पनि सक्छन । तर प्रदिप जस्ताको अभाव संधै खट्किरहनेछ ।
तस्बिर सुदर्शन रंजित