
पोखरा, २७ पुस ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का पूर्व अध्यक्ष निरञ्जन राजवंशीलाई मातृशोक परेको छ । उनकी ७४ वर्षीया आमा राधादेवी राजवंशीको शुक्रबार बिहान त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो ।
नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले विज्ञप्ती मार्पmत दिवंगत आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तत्प परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
मिर्गौलासम्बन्धी रोगबाट पीडित राधादेवीको तीन महिनादेखि उपचार भइरहेको थियो । उनका चार छोरी र दुई छोरा छन् । उनको शुक्रबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो ।
हाल बीबीसी नेपाली सेवाका संवाददाता रहेका खेलपत्रकार राजवंशी एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया) का कोषाध्यक्ष समेत हुन् ।
फोटो पनि छ ।