
पोखरा, २७ पुस ।
भारत देहरादुन स्थित कारमान फुटबल एकेडेमीमा प्रशिक्षणमा रहेका यूवा फूटबलर र प्रशिक्षकले शुक्रबार पोखरा १७ दोबिल्ला स्थित सहारा एकेडेमीको भ्रमण गरेका छन ।
कारमान फुटबल एकेडेमीका फुटबल प्रशिक्षक नरेन्द्र थापा क्षेत्री र सहायक प्रशिक्षक महेन्द्र थापा क्षेत्री सहित पोखरा आएको टोलीलाई सहारा एकेडेमीमा सहारा क्लबका अध्यक्ष केशब थापा, पूर्व अध्यक्ष बिक्रम थकाली, वरिष्ठ उपाध्यक्ष हरेराम गुरुङ लगाएतले स्वागत गरेका थिए ।
सो अबसरमा कारमानका प्रशिक्षक क्षेत्रीले सहारा क्लब द्वारा संचालित र त्यहाँ आश्रित बालकहरुलाई ब्यवस्थित रुपमा एकेडेमी संचालन गरेर फुटबल प्रशिक्षण प्रदान गरेकोमा आफूलाई निकै खुसी लागेको बताए । उनले सहारा क्लबले फुटबलको बिकासका लागि गरेको प्रयासको प्रंशसाा गर्दै आगामी दिनमा सहारा एकेडेमीका बालकहरुलाई देहरादुनमा मैत्रीपूर्ण फ्ुटबल खेल्न निमन्त्रणा समेत दिएका छन ।
सो अबसरमा कारमान टोलीलाई स्वागत गर्दै पूर्ब अध्यक्ष थकालीले भ्रमणको आदान प्रदानले यूवा फुटबलरहरुले नयाँ कुरा सिक्ने मौका पाउने बताए । उनले क्यारामान बाट निमन्त्रणा पाएमा सहारा एकेडेमीमा आश्रित बालकहरुलाई देहरादुन भ्रमण गराउने बताए ।
भेटघाटका अबसरमा दुबै एकेडेमीका तर्फ बाट मायाको चिनोको आदान–प्रदान गरेका थिए । कारमानक एकेडेमीको १२ जनाको टोली सहित पोखरा भ्रमणको लागि आएको हो ।
सहारा क्लब द्वारा संचालित सहारा एकेडेमीमा विभिन्न जिल्लाका गरिब तथा विपन्न परिवारका २८ जना बालकहरुलाई आश्रय दिनुका साथै नियमित फूटबल प्रशिक्षण दिंदै आएको छ ।