
पोखरा, २६ पुस ।
पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठले एक कार्यक्रमका विच गण्डकी प्रदेश स्तरिय क्रिकेट टिमलाई विदाई गरेका छन ।
यहि पुस २१ गते बाट सुनसरीको इनरुवामा सुरु भएको प्रदेश स्तरिय एक दिवशिय क्रिकेट प्रतियोगितामा सहभागिताका लागि जान लागेको टिमलाई अध्यक्ष श्रेष्ठले विदाई गरेका हुन । सो अबसरमा उनले विजयी बन्न शुभकामना दिंदै गण्डकी प्रदेशको क्रिकेट टिमलाई बलियो बनाउन आफ्नो तर्फ बाट सक्दो पहल गर्ने बताए । उनले भने–“सिमित स्रोत साधनका बावजुद पनि अब खेलाडीलाई नियमित अभ्यासका लागि आवश्यक खेल सामाग्रीहरु उपलव्ध गराउन कुनै कसर बाँकी राख्ने छैन ।”
सो अवसरमा कास्की जिल्ला खेलकुद बिकास समितीका कोषाध्यक्ष दिपक गोदारले खेलाडीलाई विजेयी बनेर प्रदेशको नाम क्रिकेट जगतमा उठाउन आग्रह गर्दै कास्की जिल्लामा समेत खेलाडी उत्पादनमा आफ्नो ध्यानाकृष्ट रहिरहेको बताए ।
यहि माघ ७ गते सम्म संचालनहहुने उक्त प्रतियोगितामा गण्डकी प्रदेशले २८ गते पहिलो खेल शशस्त्र प्रहरीको एपिएफ क्लब खेल्दैछ ।
उक्त प्रतियोगितामा सहभागीता जनाउने खेलाडीमा विधान श्रेष्ठ, अनिल गुरुङ, अमृत गुरुङ, राजु गुरुङ, विपिन खत्री, सुमन घिमिरे, मेख बहादुर सेन थापा, मुस्कान थापा, देब शाह, किशोर महतो, आकाश थापा, सन्तोष न्यौपाने, विश्वास पराजुली, टिम प्रशिक्षकमा चन्द्र कुमार गुरुङ र टिम ब्यबस्थापकमा बिजय भुजेल रहेका छन ।