
पोखरा, २६ पुस ।
काठमाण्डौमा जारी इन्द्रमाया महर्जन मेमोरियल अन्तर्राष्ट्रिय बक्सिङमा नेपालले बर्चश्व कायम गर्न सफल रहेको छ । जारी खेलमा महिला ४८ केजी तौल समूहमा आर्मीमा आबद्ध नेपालकी ललिता महर्जनले नेपालकै नङ्जा बुढामगरलाई अंकको आधार ५–० ले हराउदै स्वर्ण जितिन् ।
महिला ५१ केजीमा आर्मीमा आवद्ध नेपालकी बिमला श्रेष्ठले नेपालकै माला राईलाई अंकको आधार ३–२ ले पछिपादै स्वर्ण जितिन् । महिला ५४ केजीमा आर्मीमा आवद्ध नेपालकी मिनु गुरुङले नेपालकी निसा तामाङलाई उपाधि भिड्न्तमा अंकको आधारमा ३–२ ले हराउदै स्वर्ण जितिन् । महिला ६० केजीको उपाधि भिड्न्तमा एपीएफमा आवद्ध संगिता सुनारले नेपालकै पुनम रावललाई अंकको आधारमा ३–२ ले हराउदै स्वर्ण जितिन् ।
बोसीगाउमा भएको पुरुष ४९ केजीको फाईनल भिड्न्तमा नेपाली सेनामा आवद्ध तेजवहादुर देउवाले नेपालकै प्रदिप महर्जनलाई नकाआउट गदै स्वर्ण जिते । पुरुष ५२ केजी तौल समूहको उपाधि भिड्न्तमा नेपाली सेनामा आवद्ध प्रेम चौधरीले भारतका सचिनलाई आरएससीको आधारमा पराजित गदै स्वर्ण जिते ।
यसै गरि पुरुष ५६ केजी तौल समूहको फाईनल खेलमा नेपालका पुरन राईले नेपालकै बिमल रोकामगरलाई पराजित गदै स्वर्ण जितेका छन् । पुरुष ६० केजीको फाईनलमा भुटानका निमा दोर्जीले नेपालका एकवहादुर घलेलाई अंकको आधार ३–२ ले स्तब्ध पादै स्वर्ण जित्न सफल भए । पुरुष ६४ केजीमा नेपाल पुलिसमा आबद्ध भुपेन्द्र थापामगरले भुटानका दोर्जी वाङ्जेली उपाधि भिडन्तमा अंकका आधारमा ५–० ले पराजित गदै स्वर्ण जितेका छन् ।
पुरुष ६९ केजीको फाईनल भिडन्तमा नेपाल एपीएफमा आवद्ध बिकास लामाले नेपालकै बिष्णुप्रसाद घलेलाई अंकका आधारमा ५–० ले पराजित गदै स्वर्ण जितेका छन् । पुरुष ७५ केजीमा नेपाल आर्मीमा आवद्ध दिपक श्रेष्ठले नेपालकै रवि सुनारलाई नकआउट गदै स्वर्ण जिते । बिजेतालाई नेकपा नेतृ एवम सांसद पम्फा भुसाल, जिफन्टका अध्यक्ष बिनोद श्रेष्ठ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले पुरस्कृत गरे ।