न्युडायमण्ड राष्ट्रिय महिला भलिबलः पोखराको टप्स माबी र न्युडायमण्ड सेमिफाईनलमा

पोखरा, २६ पुस ।
होङवान्जी न्युडायमण्ड कप दोश्रो खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आयोजक न्युडायमण्ड र टप्स,पुलिस र एपीएफ सेमिफाईनलमा प्रवेश गरेका छन् ।

बिहिवार भएको क्वाटर फाईनल खेलमा न्युडायमण्डले नेपाल आर्मीलाई २५–२३,२५–१३ र २५–२२ को सोझो सेटमा हरायो । पोखराको टप्स उमाबीले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–६,२१–२५,२५–१६ र २५–१९ को सेटमा हराउदै सेमिफाईनलमा न्युडायमण्डसँग भेट पक्का गर्यो ।

न्युडायमण्ड एकेडेमीको कोर्टमा भएको क्वाटर फाईनल खेलमा सहज जित निकाल्दै पुलिस र एपीएफले सेमिफाईनलमा आपसी भिड्न्त तय गरेका छन् । नेपाल पुलिसले चितवन टाईग्रेसलाई २५–१७,२५–७ र २५–१० को सोझो सेटमा हरायो । एपीएफले पारामाउण्ट स्कुललाई २५–३,२५–१० र २५–१५ को सोझो सेटमा हरायो ।

सुकेधारास्थित होङवान्जी बौद्ध समाज नेपालको मुख्य प्रायोजन संचालन भएको प्रतियोगिताको बिजेताले ३ लाख १ हजार र उपविजेताले २ लाख १ हजार रुपैयाँ पाँउने छन । तेस्रो हुने टिमले एक लाख एक हजार र चौथोले ५१ हजार प्राप्त गर्ने छन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार रुपैयाँ र ब्यक्तिगत विधाका उत्कृष्टले जनही ५/५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । बिद्यागततर्फको उत्कृष्ट खेलाडीले प्राप्त गर्ने नगद पुरस्कारको प्रायोजन सेन्चुरी कमर्सियल बैंकले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close