थाइल्याण्ड ओपन बक्सिङमा सुष्मा पराजित

पोखरा स्पोर्टस । फुकेटमा सञ्चालन भईरहेको थाइल्याण्ड ओपन इन्टरनेसनल ओपन बक्सिङ च्याम्पियनसिपमा नेपालकी सुस्मा तामाङ्ग पराजय भोगेकी छन् ।

सुस्मा ४८ के.जी. तौल समूहमा इटोलीकी रोर्वटा बोहाटी संग ३–२ को स्पलीत डिसिजनमा पराजित भएकी हुन् । खेलको पहिलो राउण्डमा ५–० ले हारेकी सुष्माले दोश्रो राउण्डमा ३–२ ले पछाडी परिन । तर तेश्रो तथा अन्तीम राउण्डमा ०–५ ले खेल आफ्नो पक्षमा पार्न सफल भएपनि समग्र ३–२ अकंको आधारमा पराजय भोग्नु परेको हो ।

त्यस्तै महिला ५७ केजी नेपालकी खेलाडी चन्द्रकला थापा ईटालीकै ओलम्पीक कांस्य पदक विजेता इर्मा टेस्टा संग ५–० अंकले पराजित भएको नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेले जनाएका छन् ।

मंगलबार १३ सागको स्वर्ण विजेता मिनु गुरुङ्गले थाइल्यान्डकी खेलाडी विरुद्ध खेल्ने छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close