
पोखरा, २५ पु्स ।
“होङवान्जी न्युडायमण्ड कप दोश्रो खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता”मा आयोजक न्युडायमण्ड र नेपाल आर्मीबीच क्वाटरफाईनलमा प्रतिस्पर्धा हुने भएको छ ।
बुधवार भएको उद्घाटन खेलमा न्युडायमण्डले चितवन टाईग्रेसलाई २५–१३,२५–१८ र २५–११ को सेटमा हरायो । दोश्रो खेलमा नेपाल पुलिसले नेपाल आर्मीलाई २५–२१,२५–२१ र २५–१८ को सोझो सेटमा हरायो । न्युडायमण्ड समूह ए को बिजेता हुदै समूह सीको उपबिजेताको रुपमा नेपाल आर्मीसँग क्वाटर फाईनलमा भिड्न्त पक्का भएको हो ।
आयोजक न्युडायमण्ड एकेडेमीको कोर्टमा भएको अन्य लिग खेलमा एपीएफ र टप्सले पनि जित निकाल्दै समूह बिजेताको रुपमा क्वाटर फाईनलमा स्थान बनाए । एपीएफले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–५,२५–१० र २५–८ को सोझो सेटमा हराउदा टप्सले पारामाउण्टलाई २५–१४,२५–१२ र २५–१० को सोझो सेटमा स्तब्ध बनायो ।
विहिबार हुने क्वाटरफाईनल खेलमा न्युडायमण्डले आर्मी, पुलिसले चितवन टाईग्रेस, एपीएफले पारामाउण्ट तथा टप्सले जाउलाखेलसग खेल्ने छन् । चार दिने प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगतवहादुर बिश्वकर्माले गरेका थिए ।
सुकेधारास्थित होङवान्जी बौद्ध समाज नेपालको मुख्य प्रायोजन संचालन भएको प्रतियोगिताको बिजेताले ३ लाख १ हजार र उपविजेताले २ लाख १ हजार रुपैयाँ पाँउने छन । तेस्रो हुने टिमले एक लाख एक हजार र चौथोले ५१ हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार रुपैयाँ र ब्यक्तिगत विधाका उत्कृष्टले जनही ५÷५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।