
काठमाडौ, २५ पुस ।
आइमास विश्व कुमुते च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली बुधबार भारतको राजस्थान प्रस्थान गरेको छ ।
जनवरी १० र १३ तारिखसम्म हुने प्रतियोगितामा आर्यन रन्जित र आयुशा तामाङले प्रतिस्पर्धा गर्नेछन् । टिम प्रशिक्षकमा राजेन्द्र कपाली, व्यवस्थापकमा नेपाल ओकिनावा सुरिकेन सोरिनरियो कराते संघका अध्यक्ष सञ्जय रन्जित तथा अफिसियलमा बालकृष्ण श्रेष्ठ र माधवप्रसाद तिम्सिना छन् ।
राकेश श्रेष्ठले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले बुधबार सातदोबाटोमा एक कार्यक्रमबीच बिदाइ गरे ।