ल्होछार कप पोखरा ओपन टेनिस बिहिबारदेखि एक विदेशी सहित २८ खेलाडीबिच प्रतिस्पर्धा हुने

पोखरा, २५ पुष ।
लामा ब्रदर्श पोखराको आयोजनामा लेकसाइडमा ‘ल्होछार कप पोखरा ओपन टेनिस प्रतियोगिता’ हुने भएको छ ।

तामाङ्गहरुको पर्व सोनाम ल्होछार पर्वको अवसरमा बिहिबारदेखि शुरु हुने प्रतियोगिता गुरुङ्ग भिलेज टेनिस कोर्टमा सञ्चालन हुनेछ । एक साता सम्म चल्ने प्रतियोगितामा एक विदेशी सहित पोखराका २७ जना खेलाडी उपाधीका लागि भिड्ने छन् ।

जर्मनका थोमसले पनि प्रतियोगितामा सहभागिता जनाएका हुन् । प्रतियोगितामा विजेता, उप–विजेता तथा उत्कृष्ट खेलाडीलाई नगद सहित पुरस्कृत गरिने बताइएको छ । लामा ब्रदर्शका सदस्यहरु बिरेन्द्र लामा, केबी लामा र लक्ष्मण लामाको सकृयतामा प्रतियोगिता आयोजना भएको हो ।

ल्होछार पर्वका अवसरमा शुभ–कामना साटासाटसंगै टेनिस खेलको विकास र प्रवद्र्धनका लागि प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक बिरेन्द्र लामाले जानकारी दिए । बैदाम तामाङ्ग समाजका अध्यक्ष ज्याक तामाङ्गले बिहिबार विहान प्रतियोगिताको उद्घाटन गर्नेछन् । यो प्रतियोगिताको दोश्रो संस्करण हो । एक वर्ष रोकिएको प्रतियोगितालाई आगामी वर्षदेखि भने निरन्तरता दिइने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close