
पोखरा, २३ पुष ।
कास्कीको उत्तरी भेगमा रहेको पर्यटकिय गाउँ (माछापुच्छ«े गाउँपालिका ८/९)घलेलमा सम्पन्न गाउँ स्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधि मिलन युवा क्लब धम्पुुसले जितेको छ ।
“आत्मा साक्षी राखी मन,बचन र कर्मले सेवा गरौ” भन्ने नारा सहित बौद्ध सिर्जना युवा क्लबको खेल मैदानमा बेस्ट अफ फाईभको आधारमा आईतबार सम्पन्न फाईनल खेलमा आयोजक टिम “क”लाई २५–२२, २६–२४ र २५–१९ को सोझो सेटले पराजित गर्दै मिलन युवा क्लब धम्पुसले उपाधि जितेको हो ।
उपाधी सँगै मिलन युवा क्लब धम्पुुसले शिल्ड, मेडल, तथा प्रमाणपत्र सहित नगद रु ६० हजार प्राप्त ग¥यो भने उपबिजेता आयोजक टिम “क” (बौद्ध सिर्जना युवा क्लब) ले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ३५ हजारमा चित्त बुझायो । त्यस्तै क्युप्चे बराह युवा क्लब लान्दु्रकले सान्त्वना स्थान हासिल गर्दै शिल्ड, मेडल, तथा प्रमाणपत्र सहित नगद रु २० हजार प्राप्त ग¥यो ।
महिला तर्फ कास्की जिल्ला भलिबल सँघले २५–१४, २५–१३, २०–२५, २२–२५ र १५–६ को सेटले लामा अमृत फाउण्डेशन घान्द्रुकलाई हराउदै बिजयी बन्यो । बिजयी टिम कास्की जिल्ला भलिबल सँघले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद २० हजार हात पा¥यो भने उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद १० हजार प्राप्त ग¥यो ।
त्यसैगरी प्रौढ (भेट्रान्स) तर्फ निश्चल झरना क्लब लुम्रे बिजयी बन्यो । न्यू जेनेरेशन क्लब क्वीबाङलाई २५–१७ र २५–१८ को सोझो सेट सहित पराजित गर्दे उपाधि जितेको लुम्रेले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १५ हजार प्राप्त ग¥यो । त्यस्ते उपबिजेता क्वीबाङले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ८ हजारमा चित्त बुझायो ।
प्रतियोगितामा पुरुष तर्फ मिलन युवा क्लब धम्पुुसका सञ्जु बिक्रम शाह, महिला तर्फ कास्की जिल्ला भलिबल सँघका लक्ष्मी कुमाल र भेट्रान्स तर्फ लुम्रेका बिकास गुरुङ उत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए ।