पोखरा फुटबल रंगशालाको काम अघि बढने, मनकामना र आहा रारा फुटबल कप आयोजना स्थल परिवर्तन हुन सक्ने !

पोखरा, २३ पुस ।
लामो समय देखि प्रतिक्षारत पोखरा फुटबल रंगशालाको काम अघि बढने भएको छ । राष्ट्रिय खेलकुद परिषदले भारतीय कम्पनी ग्रेट स्पोर्टस र एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर (जेभी) सँग फुटबल स्टेडियम निर्माणको लागि सम्झौता गरिए लगतै काम सुरु हुने भएको हो । पोखरा रंगशालको निर्मााण सुरु हुने भएको हल्ला संगै यस क्षेत्रका सम्पूर्ण खेलप्रेमीहरुमा खुसीको लहर दौडिएको छ ।

राष्ट्रिय खेलकुद परिषदका प्राविधिक टोली र दुई निर्माण साझेदार कम्पनीका प्रतिनिधी र प्राविधिकहरु रंगशालाको सर्भे गर्न खटिएपछि अब पोखरेलीहरुको लामो प्रतिक्षाको घडी सकिएको भान भएको छ । करिब एक वर्ष अघि नयाँ रंगशाला निर्माण गर्ने भन्दै भत्काइएको थियो । राखेपले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा महिला फुटबल पोखरामा गर्ने भनिए पनि महिला फुटबलको सम्भावना भने करिब–करिब अन्त्य भएको देखिन्छ ।

निर्माण साझेदार मध्येका भारतिय कम्पनी ग्रेट स्पोर्ट्सका शुसान्त परदेशीले १३ औं सागमा महिला फुटबल हुने नहुने टुँगो अहिलेनै गर्न नसक्ने बताए । उनले भने–“हामी ११ महिना भित्र काम सक्ने पक्षमा छौं यदि सबै कुरा सहज भयो भने १० महिना सम्म पनि सकिन्छ ।” दुई साझेदार कम्पनीका प्राविधिकहरुले मंगलबार बाट सर्भेको काम सुरु गर्ने बताएका छन । पोखरा रंगशालाको अब नयाँ डिजाइनमा काम हुने भएको छ ।

करिब १६ हजार ५ सय क्षमतामा बन्ने रंगशाला अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को मापदण्ड अनुसार निर्माण गरिने नेपाली साझेदार एम.ए कन्स्ट्रक्सनका संचालक हरी बाबु न्यौपानेले बताए । एमए कन्सट्रक्सन त्यही कम्पनी हो जसले पोखरा रंगशाला भित्र निर्माण गरिएको बहुद्धेश्यिय कभर्ड हल निर्माण गरेको थियो । तर पनि वास्तविकता देखि-देखि न्यौपानेको कुरा भने पत्याउन मुस्किल देखिन्छ । पाँच-पाँच वर्ष सम्म एण्डा १५ करोडको काम सम्पन्न गर्न नसक्ने निर्माण कम्पनीले फेरी अर्बौको काम गर्ने सम्झौता परिषदले कसरी ग¥यो त्यो भने सोचनिय देखिन्छ ।

बहुउद्धेश्यिय कर्भड हल १५ महिनामा बनिसक्ने सम्झौता गरेको उक्त कम्पनीले ५ वर्ष सम्म खेलकुदलाई हस्तान्तरण गर्न सकेको छैन । त्यही कम्पनीले पोखरा फुटबल स्टेडियम बनाउन परिषद संग सम्झौता गरेपछि कभर्ड हल जस्तै हालत हुने हो की भन्ने शंका गर्ने ठाउँ पनि प्रशस्त देखिन्छ । तर पनि संचालक न्यौपानेले त्यसमा शंका नर्गन पोखरा स्पोर्टस् लाई बताए । उनले भने–“हामी समयमा काम सक्छौ ढुक्क हुनुहोस बहुउद्धेश्यिय जस्तो हालत हुँदैन ।”

निर्माण जिम्म लिएका दुई साझेदार कम्पनी मध्ये डिजाइन सर्भे लगाएत अन्य काम भारतिय कम्पनीले गर्ने छ भने अन्य काम नेपाली कम्पनीले गर्नेछ । राखेपका इन्जिनियर अरुण कुमार उपाध्यायका अनुसार काम छिटुटै सुरु गरिने बताए । उनका अनुसार मैदान फुटबलको सर्वोच्च संस्था फिफाको मापदण्ड अनुसार १०५ मिटर लम्बाई ६८ मिटरको चौडाई हुनुपर्ने र मैदान टर्फ अथवा प्राकृतिक हुनुपर्ने छ । एथलेटिक्सको लागि अन्तर्राष्ट्रिय ट्रयाक एण्ड फिल्डको मापदण्ड अनुसार सिन्थेटिक ट्रयाक रहने छ ।

पोखरा फुटबल रंगशालामा निर्माणमा प्रयोग हुने सबै सामानहरु फ्रान्सको एल्कोर कम्पनीमा बनेको निर्माण कम्पनीले जनाएका छन । सम्पूर्ण सामाग्रीहरु प्रि फेब्ररिकेटेड भएका हुनाले यसको आयू पनि लामो हुने भारतिय निर्माण कम्पनीले जनाएको छ । मैदानमा प्रयोग गरिने टर्फ र ट्रयाक एण्ड फिल्डका सबै सामान फ्रान्स बाटै मगाइने दाबी गरिएको छ । रुफ माउन्टेडमा आधारित पोखरा फुटबल रंगशालामा भिभिआइपी, भिआइपी, मिडिया कक्ष लगाएत रहनेछ । करिब १ अर्ब २८ करोड ३० लाखमा प्यारापिट सहित दुई निर्मााण कम्पनीले जिम्मा पाएका हुने भने अन्य कामका लागि करिब ४५ करोड बजेट अर्थ मन्त्रालयले शुनिस्चित गरिसकेको छ ।

पोखरा फुटबल रंगशालाका लागि दुई निर्माण साझेदार कम्पनी र राखेपका प्राविधिक टोली पोखरा आए पछि पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठ उत्साहित बनेका छन । उनले आफ्नो प्रमुख उद्धेश्य मध्येको एक काम पोखराको फुटबल रंगशाला निर्माण गर्नु पर्ने रहेको आंैल्याउँदै रगशाला निर्माणको क्रममा आइपर्ने कुनै पनि बाधा व्यबधान तत्काल फुकाउन सहयोग गर्ने बताए । उनले भने–“हामी रफ्तारमा काम होस भन्ने चाहन्छौ र १३ औं सागमा महिला फुटबल पनि यहिँ गर्ने तयारी गछौं ।”

यता निर्माण कम्पनीहरुले अबको २१ दिन भित्र काम सुरु गर्ने बताइरहँदा मा १५ गते बाट सुरु हुने मनकामना केबुलकार कार कप र फागुन ९ गते बाट सुरु हुने आहा रारा फुटबल कप पोखरा रंगशालामा नहुने पक्का जस्तै देखिन्छ । काठमाडौ बाट आएको प्राविधिक टोली पनि रंगशालामा काम सुरु हुँदा कुनै व्यवधान होस भन्ने पक्षमा नरहेको बताइसकेको छ । अबको २१ दिनमा काम सुरु हुने वित्तिकै दुबै प्रतियोगिताले आयोजना स्थल परिवर्तन गर्ने सम्भावना बलियो देखिन्छ । यता क्षेत्रिय खेलकुदका अध्यक्ष श्रेष्ठले पनि काममा व्यवधानहुने गरि कुनै पनि प्रतियोगिता आयोजना नगरिने स्पष्ट पारे । उनले जोड दिंदै भने–“हाम्रो पहिलो काम निर्मााण सम्पन्न गर्ने हो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close