गण्डकी प्रदेश स्तरिय महिला भलिबल खेलाडी छनौट, “पुरानो शाख जोगाउँछौं”–अध्यक्ष, श्रेष्ठ

केशब पाठक,
पोखरा, २२ पुस ।
कुनै बेला महिला भलिबलमा बलियो मानिएको पश्मिाञ्चलको भलिबल खेल यति बेला खस्किएको अवस्थामा छ । तत्कालिन पश्चिमाञ्चलको केन्द्र बिन्दु पोखरा बाट जन्मिएका खेलाडी दर्जनौ थिए । महिला भलिबल खेलाडी उत्पादनमा पोखराको ज्ञानुबाबा बोर्डिङको योगदानलाई बिर्सन सकिन्न । ज्ञानुबाबाकी संस्थापक शुभकन्या गुरुङको अथक मेहनतले पश्चिमाञ्चल महिला भलिबलको उचाईलाई थपिदिएको थियो ।

करिब एक दशक अघि ज्ञानुबाबा बोर्डिङले उत्पादन गरेका मञ्जु गुरुङ, शिपोरा, गुरुङ, एकिना गुरुङ, लक्ष्मी गुरुङ, परिक्षा गुरुङ, शुप्रिया गुरुङ, होम कुमारी पुन, खुसी खडका मान्ती आले लगाएत खेलाडीले क्षेत्रिय तथा राष्ट्रिय स्तरको महिला भलिबलमा आफ्नो दबदबा कायम गरेका थिए । यद्यपी यि खेलाडीहरुको आफ्नो खेल जिबन जारी रहेको छ भने कोही विदेशिएका पनि छन । यस क्षेत्रको महिला भलिबल खेलाडीको उत्पादनमा टप्स माबी र पोखराको फिसटेल वोर्डिङको योगदानको पनि कदर गर्नै पर्ने हुन्छ ।

तर केही समय देखि यता पश्चिमाञ्लको महिला भलिबल केही खस्किएको देखिन्छ । ज्ञानुबाबाले सुरु गरेको त्यो अभियानमा ब्रेक लाग्ने वित्तिकै नयाँ खेलाडीहरु उत्पादन हुन सकेनन । न त प्रशिक्षण नियमित भयो न त प्रतियोगिताहरु । खेलाडीहरुको पलायन सुरु हुने वित्तिकै महिला भलिबल पनि खस्कियो । माथी उठनै नसक्ने गरि थलियो । पुरानै खेलाडीको भरमा चलेको महिला भलिबलमा खेलाडी टिपन–टापन गर्ने र झारा टार्ने काम भन्दा अरु केही हुन सकेन ।

तर अब पश्चिमाञ्चल क्षेत्रिय खेलकुद समिती अब महिला भलिबलको त्यो पुरानो शाख फर्काउन लागि परेको छ । भलिबल मात्रै नभई टिम गेमका सबै गण्डकी प्रदेश स्तरिय खेलाडीहरु उत्पादन गर्ने लक्ष्यका साथ अघि बढेको अध्यक्ष सम्पन्न श्रेष्ठले बताए । “हामी अब कति पनि ढिला नगरी गण्डकी प्रदेशका सबै टिम गेममा बलियो भएर अगाडी वढ्ने पयासमा छौ” अध्यक्ष श्रेष्ठले भने–“त्यही भएर क्रिकेट, पुरुष भलिबल र महिला भलिबल टिम तयारी बाट सुरुवात गरेका हौं ।”

पश्चिमाञ्चल क्षेत्रिय खेलकुदले गण्डकी प्रदेशका विभिन्न जिल्ला बाट आएका ८ जिल्लाका २५ महिला भलिबल खेलाडी बाट २ जना बैकल्पिक सहित १४ जना खेलाडी छनौट गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन । छनौट भएका खेलाडीमा कास्की बाट मञ्जु गुरुङ, रुपा थापा, पूर्णिमा ठाकुर, ममता डगौरा, जयन्ती गुरुङ र अंशु थापा रहेका छन । त्यसै गरि म्याग्दी बाट अरुणा शाही, रेवती घर्ती मगर र पवित्रा विसी रहेका छन । छनौट हुने खेलाडीमा तनहुँ बाट लक्ष्मी कुवर, बागलुङ बाट लुकु श्रिष र नवलपुर बाट कोपिला थापा मगर रहेका छन । बैकल्पिकमा छनौट भएका खेलाडीमा लम्जुङ बाट सगुन गुरुङ र कास्की बाट सरस्वती सुनार रहेका छन ।

छनौट भएका खेलाडीले दश दिन पछि सुरु हुने “दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा” सहभागिता जनाउने छन । निकै मेहनतका साथ खेलाडी छनौट गरिएको अध्यक्ष श्रेष्ठले बताएका छन । मुस्ताङ र मनाङ जिल्ला बाट समेत खेलाडी छनौटमा सहभागी रहेको उनले बताए । अब गण्डकी प्रदेश महिला भलिबलको यात्रा सुरु भएको र यसलाई जिवन्त राख्न आफूहरुले सक्दो प्रयास गर्ने उनले बताए । अध्यक्ष श्रेष्ठको संयोजकत्वमा गठित ५ सदस्यि छनौट समितीले खेलाडी छनौट गरेको थियो जसको सदस्यमा भलिबल प्रशिक्षक कोशिल्य खत्री, पश्चिमाञ्चल भलिबल संघका उपाध्यक्ष राजकुमार गुरुङ, सिनियर राष्ट्रिय रेफ्री राजन पौडेल र क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख लक्ष्मण योगी रहेका थिए ।

केही पुराना अनुभबी खेलाडी सहित बनाइएको गण्डकी प्रदेशको महिला भलिबल टोलीले आगामी दिनमा कस्तो खेल पर्दशन गर्छ र यहाँको असख्य दर्शको मन तान्न सक्छ त्यो भने भविष्यले तय गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close