करातेमा नेपाललाई ५ स्वर्ण र एक रजत

पोखरा, २० पुस ।
नेपाल सोतोकान कराते एसकेडियुएनले भारतको देहरादुनमा आयोजना भएको प्रथम अन्तराष्ट्रिय ईन्डो सोतोकान कराते च्याम्पियनसिपमा ५ स्वर्ण र एक रजत प्राप्त गरेको छ ।

नेपाल सोतोकान कराते संघका महासचिव एवं बरिष्ठ प्रशिक्षक तथा च्याम्पियनसिपका रेफ्रि गोविन्द श्रेष्ठका अनुसार राम नारायणले २१ बर्षको ४५ – ५० केजी तौलमा काता र कुमिते तर्फ स्वर्ण पदक हात पारेका हुन् । यस्तै गिता सुनुवारले काता र कुमिते दुवैमा स्वर्ण तथा सुरज बि.क.ले कुमितेमा स्वर्ण तथा कातामा रजत पदक प्राप्त गर्न सफल भएको श्रेष्ठले जानकारी गराए ।

महाराणा प्रताप स्पोर्टस् एकेडेमिमा भएको च्याम्पियनसिपमा सहभागी सवै तीन खेलाडीले पदक हात पार्न सफल भई स्वदेश फर्किएको टोली नेता समेत रहेका श्रेष्ठले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close