कास्की जिल्ला सामुदायिक विद्यालय स्तरिय छात्र–छात्रा भलिबल प्रतियोगिता माघ ८ बाट

पोखरा, १९ पुस ।
कास्की जिल्ला भलिबल संघ र सृजना बिकास केन्द्रको संयूक्त आयोजनामा यहि माघ ८ देखि १२ गते सम्म पोखरामा “कास्की जिल्ला सामुदायिक विद्यालय स्तरिय छात्र–छात्रा भलिबल प्रतियोगिता” हुने भएको छ । प्रतियोगिता नक–आउट चरणका आधारमा खेलाइने छ ।

सो बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सृजना बिकास केन्द्रका अध्यक्ष मिन प्रसाद भट्टराईले कास्कीमा रहेका दुर–दराजका विद्यालयका विद्यार्थीहरुलाई खेलकुदका माध्यम बाट माथी उठाउन यो प्रतियोगिता आयोजना गरिएको बताए । उनले सो अबसरमा भने–“सरकारी विद्यालयका विद्यार्थीहरु जो खेल बाट वञ्चित छन र आफ्नै गाउँ घरको बारीमा डोरी टाँगेर खेल खेल्छन, उनीहरुलाई अबसर प्रदान गरि खेलकुदको मुल प्रवाहमा ल्याउनु हाम्रो सोच हो ।”

यसै गरि प्रतियोगिताका संयोजक रहेका इन्द्र पौडेलले प्रतियोगिताका माध्यम बाट लुकेर रहेका प्रतिभालाई उजागर गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य लिइएको बताए । प्रतियोगितामा कक्षा १२ सम्मका विद्यार्थीहरुलाई सहभागीता जनाउन सक्ने उनको भनाई थियो ।

प्रतियोगिता करिब ५० विद्यालयका छात्र–छात्राहरुको सहभागिता रहने जानकारी दिंदै कास्की जिल्ला भलिबल संघका अध्यक्ष भिम पराजुलीका अनुसार प्रतियोगितामा बिजेता हुने क्रमश प्रथम, द्वितिय र तृतियले नगद ५०, ३० र १५ हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यसै गरि प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट लिफ्टर, उत्कृष्ट व्लकर, उत्कृष्ट शेटर र उत्कृष्ट सर्भरलाई समान नगद ५ हजारका साथमा ट्रफी प्रदान गरिने छ ।

प्रतियोगिता सम्पन्न गर्न ८ लाख ५० हजार लाग्ने आयोजकले जनाएको छ । प्रतियोगिता सफल भएमा यसलाई रनिङ शिल्डका रुपमा अगाडी बढाउने सोच आयोजकले लिएको छ ।

यसै गरि सोही कार्यक्रममा सृजना बिकास केन्द्र र कास्की जिल्ला भलिबल संघले पोखरा समाज अष्ट्रेलियका अध्यक्ष एवम भलिबल रेफ्री राजु क्षेत्री र मादी गाउँपालिकाका अध्यक्ष बेद बहादुर गुरुङलाई समाजसेवामा पु¥याएको उल्लेख्य योगदानका कारण सम्मान गरिएको छ । पत्रकार सम्मेलनका प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले क्षेत्री र गुरुङलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close