
पोखरा, १८ पुस ।
भूतपूर्व खेलाडी मंच नेपालका आजिबन सदस्य तथा समाजसेबी पोखरा १७ ड्यामसाइड निवासी अजित शेरचनको निधन भूतपूर्व खेलाडी मंच नेपालले एक प्रेश विज्ञप्ती जारी गर्दै दुःख व्यक्त गरेको छ ।
यहि पुस १६ गते काठमाडौमा उपचारका क्रममा निधन भएका फुटबल र भलिबलका खेलाडी शेरचनको जन्म विंसं २००१ फागुन १२ गते भएको थियो । अमृत साइन्स क्याम्पस बाट विएस्सी उर्तिण शेरचनले यस क्षेत्रमा आर्चरी खेलको स्थापना र विस्तारमा अहम भूमिका प्रदान गरेको बताउँदै मंचले खेलकुद र सामाजिक क्षेत्रका एक असल व्यक्ती गुमाएको मंचका अध्यक्ष तेज गुरुङ द्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।
स्व. शेरचन कास्की जिल्ला आर्चरी संघका संस्थापक उपाध्यक्ष तथा अन्नपूर्ण आर्चरी क्लबका आजिवन सदस्य रहेका थिए भने थकाली सेवा समिती कास्कीको दुई पटक नेतृत्व सम्हालेका थिए । उनी सोही समितीको केन्द्रिय नेतृत्वमा समेत सचिब पद सम्हालिसकेका थिए ।
यसै गरि कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले समेत एक विज्ञप्ती मार्फत अजित शेरचनको निधनमा दुःख व्यक्त गरेका छन । उनको निधनमा सिंगो आर्चरी संघ मर्महात भएको भन्दै आर्चरीले एक अभिभावक गुमाएको जनाएका छन ।
उनको बुधवार सामाजिक परम्परा अनुसार वौद्ध अर्घौ सदन रामघाटमा दाह संस्कार गरिएको छ ।