
पोखरा, १८ पुस ।
प्याराग्लाइडिङ नेपालको पर्यटन पवद्र्धनमा अहम भूमिका खेलेको छ । पोखरा आउने जो भए पनि एक पटक हावामा चरा जस्तो उड्न मन कसलाई पो नहुँदो हो र । पोखरामा विगत दुई दशक देखि शाहसिक खेलकुदको रुपमा परिचित प्याराग्लाइडिङ यति बेला विश्वका असख्ंय पर्यटकहरुको मन मुटुमा बस्न सकेको छ ।
नेपालमा प्याराग्ला्रइडिङ खेलको महत्व यति बेला झनै बढेको छ । १८ औंं एसियाली खेलकुदमा रजत पदक जित्न सफल प्याराग्लाइडिङले यसको उचाई थपी दिएको छ भने प्याराग्लाइडिङ खेललाई ब्यबस्थित बनाउन राज्यलाई समेत बाध्य पारेको छ ।
पोखरामा अंग्रेजी नयाँ वर्षको उत्साह त्यत्तिकै हुन्छ । पर्यटकिय गन्तब्य भएका कारण पनि अंग्रेजी नयाँ वर्ष उत्तिकै उत्साहका साथ मनाउने गरिन्छ । नयाँ वर्ष मनाउनका लागि प्याराग्लाइडिङ पाइलटहरु पनि अगाडी आएका छन । पाइलट क्लब र एक्रो पाइलट क्लबले शंयूक्त रुपमा आफ्नै तरिकाले अंगेजी नयाँ बर्षको आगमनलाई मनाएका छन ।
पोखराको सराङकोट बाट पाइलटहरु शिवजी, हनुमान, यति, गरुड लगाएत अन्य भेष–भूषमा सजिएर उडान भरे । उनीहरुले लामा लामा ध्वजा पताका सहित ‘हेप्पी न्यू इएर अंकित व्यानर सहित उडन भरेका थिए । उनीहरु आकाशमा उडान भर्दा लाग्थ्यो नयाँ वर्ष मनाउने यो तरिकालाई विश्वले नजिक बा नियालीरहेको छ ।
किन यसरी नयँ वर्ष मनाउन थाल्नु भयो भन्ने प्रश्नमा पाइलट क्लबका उपाध्यक्ष सुवाश थापाले पाइलटहरुले आफ्नो खेल मार्फत नयाँ वर्ष मनाउदै पर्यटकलाई आर्कषित गर्ने प्रयास गरेको बताए । “हामी वर्ष भरि दुख गर्छौ सयौं पर्यटक हामी संग उड्छन तर पनि यो तरिकाले उनीहरुलाई मनोरंजन गराउन सक्छौ भन्ने हाम्रो उद्धेश्य यसमा थपिएको होे” उनले भने –“नयाँ वर्षको आगमनलाई स्वागत गर्नु हाम्रो कक्र्तब्य पनि थियो र सबै पर्यटकलाई आर्कषित गर्ने यो अवसर पनि हो ।” प्याराग्लाइडिङमा लामो दुरिको याात्रा गर्न उनी माहिर छन ।
अंग्रेजी नयाँ वर्षको आगमनमा करिब दुई दर्जन पाइलटहरुले नेपाली राष्ट्रिय झण्डा सहित पद्र्रशन गरेका थिए । आकाशमा उनीहरु चंगा जस्तै उडिरहँदा धेरै जिज्ञासुको आँखा पनि सराङकोटको आकाश तर्फ नै मोडिएको थियो । यसरी उडान भर्ने एक पाइलट थिए माधब तिमिल्सिना । उनी गरुडको भेषमा आकाशमा उडे । यसरी उडान भर्दा निकै खुसीको अनुभूती भएको उनले बताए । “नयाँ वर्ष मनाउने हाम्रो यो सानो प्रयास हो” उनले भने “गरुडको भेषले नेपालको धर्म सस्कृतीलाई जोड्न खोजेका हौं ।” उनी लामो समय देखि प्यारावल्र्ड नामक प्याराग्लाइडिङ कम्पनीमा आवद्ध छन ।
माउन्टेन ओभरभ्यूमा कार्यरत पाइलट इन्द्र नेपाली करिब ८ वर्ष देखि प्याराग्लाइडिङ खेल संग आवद्ध छन । उनी पाइलट क्लब संग पनि आवद्ध छन । उनले नयाँ वर्षमा करिब ५० मिटर लामो रंगी–चंगी ध्वजा र राष्ट्रिय झण्डा सहित पर्यटकलाई समेत संगै लिएर उडे । ‘टेन्डम फलइट’ मा दख्खल राख्ने इन्द्र ध्वाजा सहित उड्दा धेरैको आँखा उनमा परेको थियो । उनी निकै खुसी देखिन्थे । अंगे्रजी नयाँ वर्ष मनाउन यसरी मनाउन पाउँदा निकै खुसीको अनुभव संगालेका इन्द्र पर्यटकलाई यो तरिकाले उडाउँदा निकै गर्वको महशुस भएको बताए । इन्द्र भन्छन–“नेपाली प्याराग्लाइडिङ पाइलटहरु एसियाली खेलमा पदक जित्ने मात्रै नभई नेपालको पर्यटन प्रवद्र्धनमा पनि अहम भूमिका खेल्न सक्छ भन्ने कुरालाई आत्मसाथ गराउनु छ ।”
पोखराको प्याराग्लाइडिङले पर्यटन प्रवद्र्धन र खेलको क्षेत्रमा जती भूमिका खेले पनि स्थानिय सरकार र राज्यको भूमिका भने त्यती सहज नभएको बताउँछन नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लायडिङ संघका महासचिब शैलन्द्र राउत । “पोखरामा प्याराग्लाइडिङको महत्वलाई स्थानिय सरकारले खासै अंगिकार गर्न सकेन” राउत भन्छन–“ न त उडान क्षेत्र पूर्वाद्धारका लागि ठाउँ छु्ट्टाइएको छ न त ल्याण्डिङका लागि ।” राउतको भनाईमा पोखरा महानगरपालिका प्याराग्लाइडिङलाई करको दायरामा ल्याउन मात्रै खोजेको बताए । महानगरलाई कर तिर्न आफूहरु तयार रहे पनि उडान र ल्याण्डिङका लागि जग्गाका लागि आफूहरुले माग गरिरहेको उनको भनाई थियो ।