कोरियाली खेलकुद विश्वविद्यालयको टोली पोखरामा, पूर्वाधारको निरिक्षण गर्दै

पोखरा, १४ पुस ।
राष्ट्रिय खेलकुद परिषदको निमन्त्रणामा कोरियाली खेलकुद विश्व विद्यालयको एक टोली नेपाल आएको छ ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि प्रशिक्षण र पूर्वाधार निर्माणमा सहयोग पु¥याउन उक्त टोली नेपाल आएको हो । राखेपको निमन्त्रणामा आएको टोलीमा उक्त विश्वविद्यालयका डिन प्रोफेसर बोन आन क्वान र प्रोफेसर जार हुन सा रहेका छन ।

उक्त टोलीले शनिवार पोखरा रंगशाला सहित विभिन्न स्थानको पूवाृधार निर्माणको निरिक्षण भ्रमण गरेको छ । कोरीयाली सरकार द्वारा संचालित उक्त विश्वविद्यालयले कोरियामा राष्ट्रिय खेलाडी उत्पादनमा अहम भूमिका खेल्दै आएको छ ।

कोरियाली टोलीले पोखरा रंगशाला लगाएत प्याराग्लाइडिङ उडान क्षेत्रको निरिक्षण गरेको नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका महासचिब शैलेन्द्र राउतले बताए । उनीहरुले प्याराग्लाइडिङको पूर्वाधार निर्माणको अवस्थाका बारेमा जानकारी लिनुका साथै प्याराग्लाइडिङ समेत गरेको महाचिब राउतले बताए ।

यस अघि पोखरा रंगशाला आइपुग्दा पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका अध्यक्ष सम्पन्न श्रेष्ठले स्वागत गरेका थिए ।

अध्यक्ष श्रेष्ठका अनुसार कोरियाली टोलीले रंगशालाको विभिन्न खेलकुद पूर्वाधारको निरिक्षण भ्रमण गरेको थियो । अध्यक्ष श्रेष्ठले उनीहरुलाई त्यहाँको बस्तुस्थितीका बारेमा जानकारी गराएको उनले बताए ।

कोरियाली टोलीले अब केही दिनमानै नेपाली खेलाडीलाई उच्च स्तरिय प्रशिक्षण दिन काठमाडौमा राखेप संग सम्झौतागर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close