
पोखरा, १४ पुस ।
विष्णुपादुका क्लब हेमजाको आयोजनामा दोस्रो विष्णु तिमिल्सिना स्मृति हेमजा सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी एलजी एशोसियसनले हाता पारेको छ । शनिबार भएको फाइनल खेलमा तारा एफसीलाई ट्राइवेकरमा ३–२ को गोल अन्तरले पराजित गर्दै उपाधी चुमेको हो ।
समापन कार्यक्रममा एन्फाका उपाध्यक्ष कृष्ण थापाले सम्वोधन मात्रै गरेनन पुरुस्कार समेत वितरण गरेका थिए ।
तारा एफसीका टिम क्याप्टेन रोशन हिराचनले प्रहार गरेको बल एलजीका गोल रक्षक रामबहादुर कार्कीले बचाउ गरेपछि तारा एफसी उपविजेतामा चित्त वुझाउन वाध्य भयो । एलजीको तर्फबाट रमेश मगर, सुलेमान मगर र कृष्ण गुरुङले गोल गरे भने ताराको तर्फबाट विनोद गुरुङ र गोविन थापाले गोल गरे । प्रतियोगिताको म्यान अफ दि म्याच एलजीका सुलेमान थापा मगर घोषित भए ।
विजेता वनेको एलजी एसोसियसनले नगद १ लाख ११ हजार १ सय ११ ट्रफी मेडल र प्रमाण पत्र प्राप्त ग¥यो भने तारा एफसीले नगद ५५ हजार ५ सय ५५ रुपैया ट्रफी मेडल र प्रमाण पत्रमा चित्त वुझायो । प्रतियोगितामा सेमिफाइनलमा पुगेका विटी एफसी र एकता लालिगुँरासले १०–१० हजार प्राप्त गरे । त्यसैगरी अनुशासित टिममा दिव्य दृष्टी क्लबले नगद १० हजार ट्रफी प्राप्त ग¥यो ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीमा एल जी एसोसियसनका कृष्ण गुरुङ घोषित भए । उनले नगद ५ हजार ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे । त्यस्तै प्रतियोगितामा सर्वाधिक गोल कर्तामा वि–१३ वाझाँपाटनका अभिनाष तामाङ, उत्कृष्ट गोल रक्षकमा एलजीका रामबहादुर कार्की, उत्कृष्ट मिडफिल्डरमा तारा एफसीका गोविन थापा, उत्कृष्ट डिफेन्डरमा एलजीका युनिक तामाङ र उत्कृष्ट फरवार्डमा तारा एफसीका विनोद गुरुङ घोषित भए । उनिहरुले नगद ३–३ हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरे ।
विष्णुपादुका फुटबल एकेडेमीको सहयोगार्थमा भएको उक्त प्रतियोगिता ३६ टिमको सहभागिता रहेको थियो । २०६६ साल असरा ११ गते हेमजामा भएको सवारी दुर्घटनामा मृत्यु भएका विष्णु तिमिल्सिना र सागर सापकोटाको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गरिएको हो ।
‘मैत्रीभाव तथा स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल उद्घोषका साथ युवाहरुलाई रचनात्मक कार्यमा संलग्न गराउँदै राष्ट्रको खेलकुद विकासमा टेवा पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रिय उपाध्यक्ष कृष्ण थापाले खेलकुदको क्षेत्रमा हेमजाले ठुलो फड्को मारेको बताए ।
कार्यक्रममा पोखरा महानगर पालिकाका वडा नं.२५ का वडा अध्यक्ष शोभाकर तिमिल्सिना, एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ, नेपाल सेभेन ए साइडका अध्यक्ष नविन पुन, स्व. विष्णु तिमिल्सिनाका दाजु राजेन्द्र तिमिल्सिनाले बोलेका थिए । विष्णुपादुका क्लब हेमजाका अध्यक्ष कृष्ण खड्काको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक जगत थापाले स्वागत र मुल आयोजक समिति सदस्य वसन्त श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।