गणेशमान स्मृती राष्ट्रिय बक्सिङ अन्र्तगत गण्डकी प्रदेशको छनौट सुरु

पोखरा, १४ पुस ।
विर गणेशमान स्मृती राष्ट्रिय बक्सिङ च्याम्पियनशिप अन्र्तगत पोखरामा शनिवार बाट गण्डकी प्रदेश स्तरिय छनौट खेलहरु सुरु भएको छनौट समिती गण्डकीका संयोजक विद्या मर्सानीले पोखरा स्पोर्टस् डट कमलाई बताएका छन ।

यहि माघ २५–२८ गते सम्म आयोजना हुने राष्ट्रिय स्तरको गणेशमान स्मृती राष्ट्रिय बक्सिङ च्याम्पियनशिपका लागि प्रदेश अन्र्तगत छनौट सुरु गरिएको संयोजक मर्सानीले बताएका छन ।

छनौट प्रतियोगितामा कास्की, बागलुङ, नवलपुर, तनहुँ र गोर्खाका महिला तथा पुरुष खेलाडीहरु गरि २५ जनाको सहभागिता रहेको छ । प्रतियोगिहरुले ४८, ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजी तौल समुहमा प्रतिष्पर्धा गराइने भएको हो ।

शनिबार सम्पन्न ५६ केजी पुरुष तर्फको खेल बाट बागलुङका दुध प्रसाद परियार छनौट भएका छन । उनले कास्कीका अनिश दर्जीलाई पराजित गरेका हुन । यसै गरि ६० केजी पुरुषमा नवलपुरका छबी राणा बोहरालाई हराउँदै कास्कीका जेनिश गुरुङ छनौट भएका छन ।

कास्की जिल्ला बक्सिङ संघको आयोजनामा भएको छनौट प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्ष शैलेस कर्माचार्यले एक कार्यक्रमका विच गरेका थिए ।
तस्बिरः सुदर्शन रंजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close