पहिलो पटक पोखराको फुटबलको इतिहासको पुस्तक सार्वजनीक

पोखरा, १४ पुस ।
पोखराको पहिलो पटक फुटबलको इतिहासका बारेमा पत्रकार बिनोद लामिछानेद्वारा लिखित पुस्तक फुटबलको शनिबार पोखरामा विमोचन गरिएको छ । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले एक समारोहका विच उक्त पुस्तकको विमोचन गरेकाहुन ।

पुस्तकमा पोखराको फुटबलको विगत र बर्तमानका बारेमा उल्लेख गरिएको छ । नयाँ पुस्तालाई खेलप्रति आर्कषण गर्न पनि पुस्तक सफल रहेको छ । पुस्तकमा पोखरामा फुटबलको सुरुवातका बारेमा चर्चा गरिएको छ । फुटबलका पूराना खेलाडीको खेल प्रतिको लगाबका बारेमा समेत प्रस्तुत गरिएको छ । पोखराको खेल मैदानदेखी व्यवसायीक खेलाडी, फुटबलका अभिन्न अंग रेफ्रीका बारमा पनि चर्चा गरिएको छ । ६४ पृष्ठ लामो पुस्तकमा नेपाली फुटबलमा महत्वपूर्ण योगदान दिएपनि ओझेलमा परेका खेलाडीको खोजी गरिएको छ ।

कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश प्रमुखले कुँवरले खेलमा समावेशी र आरक्षण गर्ने कुरा गलत भएको बताउँदै भने– “आरक्षण दिने ठाँउ अरु छन, खेल क्षेत्रमा खेलाडीको नितान्त खेल हेरिनु पर्दछ ।” खेलको बिकासका लागि गण्डकी सरकारले नीति तथा कार्यक्रममा नै खेलको विकासका लागि बजेट छुट्याएको बताए । सो अवसरमा पुराना खेलाडीहरु डम्मरलाल माकाजु, यज्ञबहादर साही र रुद्रनाथ पौडेललाई सम्मान गरिएको थियो ।

विमोचन समारोहमा साँसद दिपक कोइराला, राखेप सदस्य राजेश गुरुङ, एन्फा उपाध्यक्ष कृष्ण थापा, पूर्व राष्टिय खेलाडी खेम गुरुङ लगायतले पोखरेली फुटबल इतिहासलाई जिवितै राख्न पुस्तक महत्वपूर्ण हुने धारणा राख्दै फुटबलको इतिहासमा यो लिखित दस्तावेज हुनेमा विश्वास व्यक्त गरे ।

प्रकाशन सल्लाहकार गणेशबहादुर भट्टराइले पुराना पुस्ताका खेलाडीहरुको पहिचानका लागि यो पुस्तक प्रकासन गरिएको बताए । सम्पादक लामिछानेले पुस्तक लेखनका क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close