राखेप सदस्य गुरुङलाई जन्म गाउ स्याङजा कोल्मामा अभिनन्दन

पोखरा, १३ पुस ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङलाई जन्मगाउ स्याङजाको कोल्मामा अभिनन्दन गरिएको छ ।

साबिकको स्याङजा कोल्मा बराहचौर गाबिस ८ पोखरीछापमा जन्मेका गुरुङ हालै राष्ट्रिय खेलकुद परिषदको सदस्यमा मनोनित भएपछि पहिलोपटक गाउँमा पुग्दा गाउलेहरुले भब्य सम्मान सहित अभिनन्दन गरेका हुन ।

साबिकको कोल्मा बराहचौर गाविस अन्तर्गत पर्ने ९ वटै वडाका बासिन्दा, गाउमा रहेका विभिन्न आमा समुह, युवा समुह, सामाजिक संघ सस्थाहरुले गुरुङलाई अभिनन्दन गरेका थिए । आफ्नो गाउको मान्छे सानै उमेर देखी खेल क्षेत्रमा लागेर दोश्रो पटक राष्ट्रिय खेलकुद परिषदको सदस्यमा मनोनित भएपछि गाउलेहरुले हर्ष उल्लास सहित अभिनन्दन गरेको कोल्मा माध्यामिक विद्यालयका प्रध्यानाध्यापक मधु कुमार गुरुङले वताए ।

आफ्नो ठाउको मान्छे राज्यको उच्च ओहदामा पुग्दा पक्कैपनि कोल्मा बराह चौरले खेलकुद लगायत अन्य क्षेत्रमा बिकास हुने विश्वास लिएको वताउदै गुरुङले कोल्मा क्षेत्रको खेलकुद र सांस्कृतीक महत्व बोकेको क्षेत्र भएकाले यस तर्फ गुरुङले ध्यान दिनुपर्ने उनले बताए ।

सो अवसरमा वोल्दै राखेप सदस्य गुरुङले आफु जहाँ रहेपनि आफ्नो गाउको बिकासमा लाग्ने वताए । गुरुङले आफु सानै उमेर देखी खेल क्षेत्रमा लागेर दोश्रो पटक सदस्यमा मनोनित भइरहँदा समग्र खेल क्षेत्रको बिकास संगै आफ्नो जन्मगाउको बिकासमा गाउलेहरु संग सहकार्य गरेर अगाडी वढ्ने वताए ।

कोल्माको बिकास र पर्यटन प्रवद्र्धनका लागी सात सय कोल्मा इभेन्ट म्यानेजमेन्ट संस्थाको स्थापना भएर विभिन्न योजनाहरु अगाडी सारिरहँदा आफुले पनी उनीहरु संग मिलेर गाउमा खेलकुद र सांस्कृतिक पर्यटन भित्रयाउनका लागी सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close