माछापुच्छ्रे भेट्रान्स टेनिस : कमल र राजु ३५ वर्ष माथिको उपाधीका लागि भिड्ने

पोखरा, १३ पुष ।
नेपालका शिर्ष वरियता खेलाडी कमल भण्डारी र गोरखाका राजु श्रेष्ठ पोखरामा जारी १६ औं माछापुच्छ्रे बैंक पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोगिता अन्तर्गत ३५ वर्ष माथिको एकल उपाधीका लागि भिड्ने भएका छन् ।

कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिता अन्तर्गत शुक्रबार भएको सेमिफाइनलमा कमलले छेवाङ लामालाई ६–१, ६–१ ले तथा राजु श्रेष्ठले महेश श्रेष्ठलाई ६–२, ६–३ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।

४५ वर्ष माथिको एकलतर्फको उपाधीका लागि चिर परिचित प्रतिद्वन्दि धरमबहादुर लामिछाने र विमल गुरुङ्ग भिड्ने भएका छन् । धरमले अनु जोनलाई ६–४, ७–६ ले तथा विमलले विकाश गुरुङ्गलाई ४–६, ६–१ र सुपरटाईमा १०–४ ले पराजित गर्दै धरमसंगको भिडन्त निश्चित गरेका हुन् ।

५५ वर्ष माथिको एकलफर्त प्रदिप शाहले अनिल तुलाचनलाई ६–२, ६–३ ले पराजित गरेका छन् । ४५ वर्ष माथिको डबल्स तर्फ धरमबहादुर लामिछाने र बिमल गुरुङ्गको जोडीले फाइनलमा स्थान बनाएको छ । मनोज राणा र आशिष सिग्देलको जोडीलाई ६–१, ६–४ ले पराजित गर्दै लामिछाने जोडीले फाइनलमा स्थान बनाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close