
पोखरा, १३ पुस ।
विष्णुपादुका क्लब हेमजाको आयोजनामा सञ्चालन भएको दोस्रो विष्णु तिमिल्सिना स्मृति हेमजा सेभेन ए साइड फुटबल प्रतियोगितामा एकता लालिगुराँस, विटी एफसी, तारा एफसी र एलजी एसोसियसन सेमिफाइनलमा प्रवेश गरेका छन् ।
शुक्रबार भएको क्वाटर फाइनल खेलमा तारा एफसी र एलजी एसोसियसनले निर्धारित समयमै आफ्नो पक्षमा नतिजा निकाल्दै सेमिफाइनलमा प्रवेश गर्दै गर्दा एकता लालिगुराँस र विटी एफसीले भने सेमिफाइनलमा प्रवेश गर्न ट्राइवेकरको सहारा लिनु प¥यो ।
शुक्रबार भएको पहिलो क्वाटर फाइनलमा एकता लालिगुरासले माटेपानीलाई ट्राइवेकरमा ४–३ को गोल अन्तरले पराजित ग¥यो । माटेपानीका टिम क्याप्टेन अजय गुरुङले प्रहार गरेको बल एकताका गोल रक्षक राकेश गुरुङले रोकेपछि माटेपानीको सेपिफाइनलमा जाने यात्रा टुंगियो ।
ट्राइवेकरमा एकताको तर्फबाट इनेश तामाङ, अक्ष गुरुङ, विवेक गुरुङ, रोशन नेपालीले गोल गरे भने माटेपानीको तर्फबाट अर्जुन गुरुङ, मिलन गुरुङ, सचेत गुरुङले गोल गरे । उक्त खेलमा एकताका गोल रक्षक राकेश गुरुङ म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिताको दोस्रो खेलमा विटी एफसीले लब्ली व्याइज(दिव्य दृष्टी वि) लाई ७–६ ले पराजित ग¥यो । लक्की व्याइजका गोल रक्षक दिप गुरुङको प्रहार गरेको बल विटीका गोल रक्षकले सहजै क्लियर गरेपछि लब्ली व्याइजलाई सेमिफाइनल जाने यात्रामा ‘अनलक’ सावित भयो ।
ट्राइवेकरमा विटी एफसीको तर्फबाट दिपक तामाङ सुदिप पाठक, सन्देश भण्डारी, किसन गुरुङ, आस्विन गुरुङ, राजन केसी र कपिल क्षेत्रीले गोल गरे भने लब्लीको तर्फबाट रविन्द्र कुँवर, रञ्जन क्षेत्री, प्रवेश, क्षितिज कार्की, पूर्ण, चित्र कार्कीले गोल गरे । उक्त प्रतियोगितामा लब्लीका सूर्य गुरुङ म्यान अफ दि म्याच घोषित भए ।
यता प्रतियोगिताको तेस्रो क्वाटर फाइनमा तारा एफसीले भदौरे एफसीलाई २–० गोल अन्तरले पराजित ग¥यो । उक्त खेलमा म्यान अफ दि म्याच गोविन थापाले दुई गोल गरे । त्यसैगरी प्रतियोगिताको अन्तिम क्वाटर फाइनलमा एलजी एशोसियसनले वि–१३ वाझाँपाटनलाई १–० ले पराजित ग¥यो । उक्त खेलमा म्यान अफ दि म्याच कृष्ण गुरुङको गोल नै निर्णायक बन्यो ।
शनिबार विहान पहिलो सेमिफाइनल खेल तरा एफसी र विटी एफसीबीच तथा दोस्रो सेमिफाइन खेल एलजी एसोसियनसन र एकता लालिगुरासबीच हुने विष्णुपादुका क्लबका उपाध्यक्ष सुविन श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको फाइनल पनि शनिबार दिउसो १ वजे हुने विष्णुपादुका क्लबका अध्यक्ष कृष्ण खड्काले जानकारी दिए ।
विष्णु पादुका फुटबल एकेडेमीको सहयोगार्थमा भएको उक्त प्रतियोगिता विष्णु पादुका खेल मैदान पोखरा–२५ हेमजामा सञ्चालन भएको छ । प्रतियोगिता पुस १४ गते सम्म चल्ने छ । ‘मैत्रीभाव तथा स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल उद्घोषका साथ युवाहरुलाई रचनात्मक कार्यमा संलग्न गराउँदै राष्ट्रको खेलकुद विकासमा टेवा पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा प्रथम टिमलाई १ लाख ११ हजार १ सय ११ ट्रफी, मेडल र प्रमाण पत्र तथा दोस्रो हुने टिमलाई ५५ हजार ५ सय ५५ ट्रफी मेडल र प्रमाणपत्र रहेको छ ।