
पोखरा, २६ फागुन ।
शेरवहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा संचालन हुने राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई केएनपी जापानले मुख्य प्रायोजन गरेको छ । आईतवार केएनपी जापानका नेपाल प्रमुख मनोजकुमार मिश्र र प्रतिष्ठानकी संरक्षक आमा गमली खड्काबीच सम्झौता–पत्र आदान–प्रदान भएको छ ।
जापानको नम्वर वान पेन्ट बहुराष्ट्रिय कम्पनी केएनपी जापानका नेपाल प्रमुख मिश्रले सम्भौता पछि समाजलाई एकतामा बाध्ने खेलकुद क्षेत्रमा कम्पनी जोडिन पाउदा खुसी लागेको जानकारी गराउदै भने–‘हामी प्रतियोगिताको गरिमालाई बढाउन कुनै कसर बाँकी राख्ने छैनौं ।’
सम्झौता पश्चात प्रतियोगिता पाँचौ केएनपी राष्ट्रिय महिला भलिबलको नामले संचालन हुनेछ । नेपालको राष्ट्रिय खेल भलिबल घोषणा भए देखिनै लगातार तेश्रो पटक मुख्य प्रायोजकको जिम्मेवारी सम्हालेको केएनपी जापानले आपसी समझदारीमा नगद,मञ्च ब्यवस्थापन,होडिङ बोर्ड, तुल–ब्यानरलगायत फुटकर खर्चमा आयोजकसँग सहकार्य गर्ने सम्झौतामा उल्लेख छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल भलिबल संघका महासचिव जितेन्द्रवहादुर चन्दले नेपाली भलिबलको बिकास र बिस्तारमा कर्पोरेट क्षेत्रको महत्वपूर्ण भूमिका रहँदै आएको जानकारी गराउँदै गराए ।
राष्ट्रिय खेलकुद परिषद्को सहयोग, नेपाल भलिबल संघको प्राबिधिक सहयोगमा बैशाख १० देखि १३ सम्म संचालन हुने प्रतियोगितामा साबिक बिजेता एपीएफ, होङगान्जी न्युडायमण्ड, नेपाल पुलिस, नेपाल आर्मी, पश्चिमाञ्चल र जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रले लिगकम नकाउटका आधारमा प्रतिस्पर्धा गर्ने छन् ।
चौथो संस्करणमा भन्दा बृद्धि गरिएको नगद पुरस्कारमा बिजेताले २ लाख, उपबिजेताले १ लाख, तृतिय हुने टिमले ५० हजार नगद प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोेकृष्ट खेलाडी र शेरवहादुर खड्का स्पेशल अवार्ड बिजेताले जनही १५–१५ हजार प्राप्त गर्ने छन् ।
बिद्यागततर्फ वेष्ट स्पाईकर, वेष्ट सेटर,बेष्ट ब्लक,बेष्ट डिफेन्स,बेष्ट क्विकर,बेष्ट सर्भर र बेष्ट कोचले जनहि ५ हजार नगद प्राप्त गर्ने छन् । यस पटक प्रतियोगिताको प्रत्येक खेलको वमन अफ द म्याचलाई नगद ५ हजार सहित आर्कषक ट्रफिले पुरस्कृत गर्ने भएका छ ।
प्रतियोगितामा सहभागि जनाउने उपत्यका बाहिरका सहभागि टिमका हकमा प्रतिष्ठानले यातायत र खाना–बसोबसको ब्यवस्था गर्ने छ । प्रतियोगितामा प्रथम,द्धितिय,तृतिय हुने खेलाडी,प्रशिक्षक,ब्यवस्थापक र अन्य टिमका ३ टिमका प्रशिक्षक टिम कप्तान र ब्यवस्थापकको लागि फाईनल खेल पश्चात अन्नपूर्ण होटल, दरवार मार्गले रात्री भोजको सौजन्य गरेको छ ।
खेलाडीलाई प्रोत्सहन स्वरुप प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र शेरवहादुर खड्का स्मृति स्पेशल अवार्ड बिजेतालाई सुलक्स सेन्टरबाट ३०–३० हजार बराबरको टिसर्ट घडी उपलब्ध गराउने छ । साथै दरवार मार्ग स्थित द रिगल ईन्क ले प्रथम हुने टिमका सम्पूर्ण सदस्यलाई १५ थान सुट पिस सौजन्य गर्ने भएको छ ।
ybaत्यस्तै प्रतियोगिताको उदयमान खेलाडी तथा शेरवहादुर खड्का स्पेशल अवार्ड बिजेता खेलाडीद्धयले बुद्ध एयरबाट सौजन्य गरिएको माउण्टेन फ्लाईट टिकट प्राप्त गर्ने छन् । चार दिने प्रतियोगिताको अनुमानित बजेट २१ लाख रहेको छ । त्रिपुरेश्वर स्थित कभर्डहल निर्माणधिन अवस्थामा भएकाले खेल स्थल भने आगामी पत्रकार सम्मेलनमा घोषणा गरिने आयोजकले जानकारी गराएको छ । पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष रन्जन खड्का,उपाध्यक्ष सिता खड्का,नेपाल भलिबल संघकी कोषाध्यक्ष सुनकेशरी मालीलगायतको उपस्थिति रहेको थियो ।
