
पोखरा, ११ पुष ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी १६ औं माछापुच्छ्रे बैंक पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोगितामा ३५ र ४५ वर्ष माथिको एकल तर्फ प्रि.क्वाटरफाइनलका खेलहरु सम्पन्न भएका छन् ।
बुधबार भएको एक मात्र क्वाटरफाइनल खेलमा नेपालका शिर्ष वरियता प्राप्त कमल भण्डारीले चौंथो स्थानका सिमान्त गुरुङ्गलाई ६–३, ६–३ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए ।
३५ वर्ष माथिको एकलतर्फका अन्य खेलहरुमा छेवाङ लामाले राजन पौडेललाई ६–४, ६–३ ले, राजु श्रेष्ठ गोर्खाले विनोद गुरुङ्गलाई ६–१, ७–६ र १०–८ ले, गोपीबहादुर भट्टराईले भिष्म काउछालाई ६–४, ४–६ र १०–७ ले, नविन श्रेष्ठले राजकुमार अधिकारीलाई ६–४, ६–० ले तथा महेश श्रेष्ठले उत्तम बोगटीलाई ६–१, ६–३ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाए ।
बुधबारनै भएको ४५ वर्ष माथिको एकलतर्फ धरमबहादुर लामिछानेले हुम आलेलाई ६–२, ६–० ले, बिमल गुरुङ्गले शरण गुरुङ्गलाई ६–२, ६–२ ले, तथा उत्तम बोगटीले ठाकुर प्रसाद खनाललाई ७–५, ६–४ ले पराजित गरे ।
त्यसैगरि चन्द्र शाहिले आशिष सिग्देललाई ६–१, ६–२ ले, राजु राईले सुदर्शन विष्टलाई ७–५, ५–७ र ११–९ ले, अनु जोनले अमृत कार्कीलाई ६–२, ६–१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरे ।
५५ वर्ष माथिको एकलमा समिर शेरचनले झ्याम्बु शेर्पालाई ६–१, ६–१ ले, करि मुल्ला मुस्लीमले विष्णु गुरुङ्गलाई ६–०, ६–४ ले तथा राजकुमार गुरुङ्गले बाबु के. कार्कीलाई ७–५, ६–२ ले पराजित गरे ।