पोखरामा १६ औं माछापुच्छ्रे बैंक पोखरा ओपन भेट्रान्स टेनिस शुरु

पोखरा, १० पुस ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा मंगलबारदेखि पोखरा रंगशालामा १६ औं माछापुच्छ्रे बैंक पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन दिनका खेलहरुमा ३५ वर्ष एकलमा अनिल सेन्चुरीले पदक गुरुङ्गलाई ६–२, ६–२ ले, नारायण पहारीले सब्बर मियालाई ६–०, ६–१ ले, सिमान गुरुङ्गले शम्भु गुरुङ्गलाई ६–०, ६–० ले,तथा भिष्म काउछाले कृष्ण केसीलाई ६–१, ६–१ ले पराजित गरे । सोही इभेण्टमा छेवाङ लामाले लक्ष्मण तामाङ्गलाई ६–०, ६–० ले, रामराजा कार्कीले शेष चौधरीलाई ६–४, ६–२ ले तथा विनोद गुरुङ्गले डा.देव थापालाई ६–१, ६–२ ले पराजित गरे ।

४५ वर्ष माथिको एकलमा अमृत कार्कीले काजी गुरुङ्गलाई ६–४, ६–० ले, ठाकुर प्रसाद खनालले सुनिल श्रेष्ठलाई ६–२, ६–७ र १०–७ ले, हुम आलेले रामु विकलाई ६–३, ४–६ र १०–६ ले, सुदर्शन विष्टले शम्भु गुरुङ्गलाई ६–१, ६–३ ले,शरण गुरुङ्गले गोपाल ज्ञवालीलाई ६–०, ६–२ ले, राजु राईले धर्म कोइरालालाई ६–१, ६–४ले, विमल गुरुङ्गले विनोद गुरुङ्गलाई ६–३, ३–६ र १०–५ ले, पदम गुरुङ्गले उत्तम बोगटीलाई ७–६, ६–१ ले, तेन्जी शेर्पाले विष्णुबहादुर थापालाई ६–२, ६–३ ले तथा विकास गुरुङ्गले निमा लामालाइई ६–४, २–६ र ६–१० ले पराजित गर्दै दोश्रो चरणमा स्थान बनाए ।

यसअघि आयोजक संघका संरक्षक शिक्षा विद्व जर्ज जोनले एक समारोहका विच प्रतियोगिता निर्देशक कुमार अधिकारीलाई टेनिस बल हस्तान्तरण गर्दै प्रतियोगिता उद्घाटन गरेका थिए । संघ कास्कीका अध्यक्ष दोर्जे लामाको अध्यक्षतामा भएको उद्घाटन समारोह उपाध्यक्ष लोक गुरुङ्गले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close