
सो अवसरमा क्लबका अध्यक्ष केशबबहादुर थापा, पुर्व अध्यक्ष एवं सहारा एकेडेमी संयोजक विक्रम थाकाली, सचिव रामजी अधिकारी तथा क्लबका पदाधिकारी एवं कार्यसमितिद्धारा उनीहरुलाई स्वागत गरेका थिए ।
सहारा क्लब हङकङका पुर्व प्रमुख सल्लाहकार गुरुङले एकेडेमीका बालकहरु सँग परिचयगर्दै, आफ्नो खेल जिवनको अनुभव सुनाउनु भएको थियो भने भविष्यमा फुटबलको राष्ट्रिय खेलाडी भई देश र सहारा क्लब पोखराको नाम राख्न एवं आफ्नो भविष्य उज्ज्वल बनाउनको लागि लगनशिल भई, मेहनतका साथ अगि बढनको लागि सुझाएका थिए साथै संयोजक विक्रम थकालीले सहारा एकेडेमीको निर्माण एवं सञ्लालन बारेमा प्रस्ट्याएका थिए ।
सेन्ट मेरिजले दियो खाद्य सामाग्री
यसका साथै सेन्ट मेरिज स्कुल नयाँगाउँबाट स्कुलले वार्षिकरुपमा विभिन्न संस्थालाई खाद्य सामाग्री एवं अन्य सरसमान वितरण गर्ने कार्यक्रम अनुसार सहारा एकेडेमीलाई खाद्य सामाग्री प्रदान गरेका छन् ।
विद्यालयका प्राचार्य तथा शिक्षक एवं कर्मचारी उपस्थितभई क्लबका अध्यक्ष केशबबहादुर थापालाई १२५ के।जी। चामाल, ५० किलो चिनि, ५० केजी, गहँुको पिठो, १० लिटर तेल, ५० केजी, मसुरको दाल, मसला, सोयाविन मस्यौरा, २५ पोका वासिङ पाउडर प्रदान गरेका थिए । उक्त विद्यालयलेले सहारा एकेडेमीलाई यस भन्दा अगाडी पनि खाद्य सामाग्री प्रादन गरेको थियो ।