एनएनआईपीए अवार्डलाई जनता बैंकको साथ, पुस १३ मा कायक्रम हुने

काठमाडौ, ८ पुस ।
जनता बैंकले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले वर्षेनी प्रदान गर्दै आएको एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०७४ लाई प्रायोजन गर्ने भएको छ । अवार्डको मुख्य विधा सर्वोत्कृष्ट पुरुष÷महिला खेलाडी विधाको नगद पुरस्कार जनता बैंकले प्रायोजन गर्न लागेको हो ।

खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र जनता बैंकका डेपुटी सिइओ अजय मिश्रले सो सम्बन्धी सम्झौता पत्रमा आइतबार हस्ताक्षर गरे । सम्झौता अनुसार जनता बैंकले सर्वोत्कृष्ट खेलाडीलाई जनही १ लाख रुपैयाँ प्रदान गर्नेछ ।

बैंकका डिपुटी सिइओ मिश्रले सम्झौता अवधि ५ वर्षका लागि भएको बताउदै एउटा सानो सहयोगबाट खेलाडी संघसंग सहकार्यको थालनी गरेको बताए । उनले शैक्षिा रुपमा योग्य भएका तर जीकोपार्जनका लागि समस्या भएका खेलाडीलाई जनता बैंकले सकेसम्म अवसर प्रदान गर्ने बताउदै आर्थिक अभावका कारण कुनै क्षमतावान खेलाडी खेलबाट वञ्चित हुने अवस्था आए त्यसमा पनि जनता बैंकले सकेसम्म सहयोग गर्ने प्रतिबद्धता जनाए ।

डिपुटी सिइओ मिश्रले सुरुआत दुइवटा क्याटगोरीबाट गरिए पनि आगामी दिनमा दायरा फराकिलो पार्न सकिने बताए । “सुरुवात दुईवटा क्याटगोरीबाट गर्दैछौं, आगामी दिनमा क्याटगोरी थप्न पनि वा पुरस्कार राशीमा बृद्धि पनि गर्न सकिन्छ यसमा हामी खुला छौ” डिपुटी सिइओ मिश्रले भने ।

खेलाडी संघका अध्यक्ष श्रेष्ठले नेपाली खेलाडीका लागि राम्रो अवसर भएको बताउदै सहयोगका लागि जनता बैंकलाई धन्यवाद दिए । “‘नेपाली खेलाडीका लागि राम्रो अवसर भएको मैले महशुस गरेको छु, यो अवसरका लागि जनता बैंकलाई खेलाडी संघ र सम्पूर्ण खेलाडीको तर्फबाट धन्यवाद दिन चाहन्छु” अध्यक्ष श्रेष्ठले भने–“सहयोगले कार्यक्रमलाई अझ भब्य बनाउन आँट बढेको छ ।”

खेलाडी संघका अध्यक्ष श्रेष्ठले पल्सर स्पोर्ट्स अवार्ड झै एनएनआईपीए अवार्डलाई पनि सबै खेलाडीका लागि प्रतिक्षाको विषय बनाउन चाहेको धारणा व्यक्त गरे । उनले भने –“नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्ड सबै खेलाडीको प्रतिक्षाको विषय बन्छ, त्यो दाँजोमा हामी हाम्रो अवार्डलाई गर्न सक्दैनौं होला, तर हामी पनि हाम्रो अवार्डलाई सबै खेलाडीको प्रतिक्षाको विषय बनोस् भन्ने चाहन्छौं” ।

एनएनआईपीए स्पोर्ट्स अवार्डको १३ औं संस्करण पाटन दरबार स्क्वायर हातामा रहेको ललितपुर संग्राहलयमा पुस १३ गते हुँदैछ । त्यसबेला राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भएको राखेप च्याम्पिसिपमा समावेश २९ खेलका एक–एक पुरुष/महिला खेलाडीलाई उत्कृष्ट खेलाडी अवार्ड प्रदान गरिने छ ।

यसको पुरस्कार राशी १० हजार रुपैयाँ रहेको छ । यहि २९ खेलमा उत्कृष्ट ठहरिने खेलाडी मध्येबाट सर्वोत्कृष्ट पुरुष÷महिला खेलाडीको चयन गरी पुरस्कृत गरिने छ । सो अवसरमा एक पाका खेलाडीलाई गजराज जोशी आदर्श खेलाडी अवार्ड तथा एक खेल पत्रकारलाई एनएनआईपीए खेल पत्रकारिता पुरस्कार पनि दिइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close