सहारा यूकेको अध्यक्षमा कुमार गुरुङ र महासचिबमा धनु थकाली निर्वाचित

केशब पाठक, पोखरा, ८ पुस ।
सहारा क्लब पोखराको शाखा संस्था सहारा यूकेको छैटौ अधिवेशनमा कुमार गुरुङ निर्विरोध अध्यक्षमा निर्वाचित भएका छन । त्यसै गरि संस्थाको महासचिबमा धनु थकाली निर्वाचित भएको सहारा यूकेका निवर्तमान अध्यक्ष मिन गुरुङले जानकारी दिएका छन ।

आगामी दुई वर्षका लागि निर्वाचित पदाधिकारी तथा सदस्यमा सेवानिर्वित लेफ्टिनेन्ट कुसाङ गुरुङ उपाध्यक्ष, सेवानिर्वित नेपाल प्रहरीका डिएसपी बाचस्पती रेग्मी सचिब, शारदा गुरुङ कोषाध्यक्ष, प्रकाश गुरुङ सह–कोषाध्यक्ष, मिलन गुरुङ संचार संयोजकमा निर्वाचित भएका छन ।

त्यसै गरि सहारा फुटबल कमिटीको अध्यक्षमा कृष्ण गुरुङ र उपाध्यक्षमा मनोज गुरुङ निर्वाचित भएका छन ।

बेलायत स्थित अल्डरसटमा सम्पन्न साधारणसभा सभ्य र भब्य रुपमा सम्पन्न भएको भन्दै निवर्तमान अध्यक्ष मिन गुरुङले निर्वाचितहरुलाई बधाई ज्ञापन गर्दै सहयोग गर्ने सबैमा आभार प्रकट गरेका छन । “सहारा यूके सँधै बेसहाराहरुको सहारा रहेकोले पनि यसको गरिमा उच्च छ र यसलाई अगाडी बढाउन आफ्नो सहयोग रहनेछ” निवर्तमान अध्यक्ष गुरुङले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close