
केशब पाठक, पोखरा, ८ पुस ।
कुनै पनि खेलाडीलाई आफूले खेल खेलेर प्राप्त गर्ने महत्वपूर्ण कुरा मेडल वा ट्रफी नै हो । आफ्नो खेल जिवनमा उसको इतिहास भनेको नै त्यही सामाग्री हो । जस बाट आफूले मात्र प्रेरणा पाउने मात्र नभई समाजलाई नै खेलकुदको ज्यूँदो इतिहास बनेर सबैको अगाडी उदाहरणिय बन्छ । ट्रफी र मेडल त्यस्तो होस त्यो खेलाडी आफू बाचुञ्जेललाई मात्र नभई यूगौ यूग सम्म पनि बाँचिरहोस वा रहिरहोस र प्राप्त गर्नेलाई सम्झिरहुन समाज र परिवारले ।
बगर भाइ खलक एट ए साइड फुटबल प्रतियोगितामा खेलाडीले प्राप्त गर्ने ति ट्रफी र मेडल आफ्नो खेल जिवनलाई जिवन्त राख्न महत्वपूर्ण स्थान ओगटनेमा दुइमत हुनेछैन ।
पोखराको प्रतिष्ठित संस्था बगर भाइ खलकले आयोजना गर्ने आठौ संस्करणको “स्व। रन्जीत गुरुङ स्मृती बगर भाईखलक एट–ए–साईड अन्तर्रा्ष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता”को लागि बेलायत बाट आर्कषक मेडल र ट्रफी सौजन्य प्राप्त हुने भएको ले पनि यसको गरिमा थप बढेको हो । पक्कै पनि बिकसित राष्ट्रमा निर्मित ति ट्रफी र मेडलले पनि यो खेलको गरिमालाई ह्वातै माथी उठाएको छ ।
बगर भाईखलक युके बाट सौजन्य स्वरुप प्राप्त हुने ति मेडल तथा ट्रफीहरु अतिनै आकर्षक र स्तरिय रहेको संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले बताएका छन । “हेर्दा नै मन छुने र आर्कषक देखिने ति ट्रफी प्राप्त गर्न उत्कृष्ट खेल पर्दशन गर्नै पर्ने हुन्छ” अध्यक्ष गुरुङले भने । गत वर्ष समेत यूके बाट यस्तै प्रकारले ट्रफी र मेडल प्राप्त भएको गुरुङले बताए ।
“स्वास्थ्यका लागि एक घन्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम” भन्ने मूल नारालाई आत्मसाथ गर्दै यहि माघ ८ गते बाट बगरको एतिहासिक टुडिखेल मैदानमा आयोजना हुने प्रतियोगितामा ति ट्रफीहरु हरेक खेलमा म्यान अफ दि म्याच, फाइनल खेलको म्यान अफ दि म्याच, वेष्ट प्लेयर, सर्बाधिक गोलकर्ता र उत्कृष्ट गोल रक्षकलाई प्रदान गरिने अध्यक्ष गुरुङले बताए । यसका साथै प्रतियोगितामा पहिलो र दोश्रो हुने टिमका खेलाडीले बेलायतमा निर्मित आकर्षक मेडल बाट शुसोभित हुने मौका समेत पाउने छन ।
बगर भाई खलक युके सह प्रायोजक संस्था समेत रहेकोले युके बाट प्राप्त यि ट्रफी प्राप्त गर्न पनि खेलाडीहरुको मैदानमा अथक मेहनत हुने गरेको गुरुङले बताए । ४० वर्ष देखि माथी उमेर समुहका खेलाडी सहभागिता रहने एट ए साइड फुटबल प्रतियोगितामा बगर भाइ खलक युके, भारत, काठमाडौ, विरगञ्ज, हेटौडा, चितवन, बुटवल, कैलाली लगाएत स्थानिय गर ३० भन्दा बढी क्लबहरुको सहभागिता रहने संस्थाले जनाएको छ ।