दोस्रो विष्णु तिमिल्सिना स्मृति सेभेन ए साइड प्रतियोगिता शुरु

पोखरा, ७ पुस ।
विष्णुपादुका क्लब हेमजाको आयोजनामा दोस्रो विष्णु तिमिल्सिना स्मृति हेमजा सेभेन ए साइड प्रतियोगिताको शनिबार देखि शुरु भएको छ ।

विष्णु पादुका फुटबल एकेडेमीको सहयोगार्थमा भएको उक्त प्रतियोगिता पुस १४ गते सम्म विष्णुपादुका खेल मैदान पोखरा–२५ हेमजामा सञ्चालन हुने छ । प्रतियोगिताको उद्घाटन नेपाल सरकारका संघीय खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले गरेका छन् ।

‘मैत्रीभाव तथा स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल उद्घोषका साथ युवाहरुलाई रचनात्मक कार्यमा संलग्न गराउँदै राष्ट्रको खेलकुद विकासमा टेवा पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक विष्णु पादुका क्लब सेतो र श्रृंखला क्लब भलामबीच भएको खेलमा ट्राइवे्रकरमा श्रृंखला क्लबले विष्णु पादुका क्लबलाई ३–१ ले पराजित ग¥यो । दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइवेकरमा गएको थियो ।

दोस्रो खेलमा विटिएफसी वगरले हेमजा यनाईटेड एलाई १–० ले पराजित गर्दा वाटुलेचौर एफसीले कसेरी भेट्रान्स कसेरीलाई ३–० ले पराजित ग¥यो ।

प्रतियोगितामा प्रथम टिमलाई १ लाख ११ हजार १ सय ११ ट्रफी, मेडल र प्रमाण पत्र तथा दोस्रो हुने टिमलाई ५५ हजार ५ सय ५५ ट्रफी मेडल र प्रमाणपत्र रहेको छ । त्यसैगरी अनुशासित टिमलाई १० हजार ट्रफी मेडल प्रमाण पत्र, सर्वोकृष्ट खेलाडीलाई ५ हजार ट्रफी मेडल प्रमाण पत्र रहेको छ भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट फरवार्डलाई ३÷३ हजार ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।

प्रतियोगिताको सेमिफाइनलमा पुग्ने टिमलाई पनि १० हजार रुपैया पुरस्कार रहेको छ । विष्णु पादुका क्लब हेमजाका अध्यक्ष कृष्ण खड्काको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक जगत थापा, उपाध्यक्ष सुविन श्रेष्ठ र मुल आयोजक समिति सदस्य वसन्त श्रेष्ठले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close