नेपाल आर्मी चौथो पुरुष राष्ट्रिय भलिबलको च्याम्पियन

पोखरा, ७ पुस ।
पोखरामा जारी “चौथो आरबिबि एनभिए राष्ट्रिय एनभिए पुरुष लिग भलिबल च्याम्पियनशिप २०७५” मा विभागिय टोली त्रिभुवन क्लबको नेपाल आर्मी च्याम्पियन भएको छ ।

पोखरा रंगशला भलिबल ट्रेनिङ सेन्टरमा सम्पन्न फाइनल खेलमा अर्को विभागिय टोली शसस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–२ को सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो । च्याम्पियन भएसंगै नेपाल आर्मीले नगद २ लाख रुपैया हात पारेको छ । त्यस्तै खेलमा उपाधी नजिक बाट चुकेको एपिएफले दोश्रो स्थानमा चित्त बुझउँदै नगद १ लाख प्राप्त गरेको छ ।

फाइनलमा आर्मीलाई हराउन मैदानमा उत्रिएको एफिएफले पहिलो सेटमा १८–२५ ले आफ्नो पक्षमा पार्न सफल रह्यो तर लगातारका दुई सेट भने २५–१९ र २५–१८ ले गुमाउन पुग्यो । चौथो सेटमा पुनः एपिएफले आर्मीलाई १८–२५ ले रोक्दै खेलमा फर्कने संकेत गरे पनि अन्ततः आर्मीेले निर्णायक सेट १५–१७ ले आफ्नो पक्षमा पार्दै च्याम्पियन बनेको हो ।

यसै गरि शनिबारनै सम्पन्न तेश्रो र चौथो स्थानका लागि भएको खेलमा नेपाल पुलिसले रुपन्देहीको मणी मुकु्न्दलाई सोझो सेटमा पराजित गरेको छ । खेलमा नेपाल पुलिसले २५–१४, २५–१९ र २५–१५ ले हराएको हो । तेश्रो स्थान हासिल गर्न सफल नेपाल पुलिसले नगद ५० हजार प्राप्त गरेको छ ।

यहि पुस १ गते बाट संचालन भएको प्रतियोगितामा नेपाल आर्मीका धन बहादुर भट्ट उत्कृष्ट खेलाडी घोषित भएका छन । उनले नगद २५ हजार ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे ।

त्यस्तै प्रतियोगितामा नेपाल आर्मीका मान बहादुर श्रेष्ठ बेष्ट स्पाईकर, एपिएफका बिजय थापा बेष्ट ब्लकर, नेपाल प्रहरीका याम बहादुर राना बेष्ट सेटर, नेपाल आर्मीका इश्वर थापा बेष्ट लिब्रो र नेपाल प्रहरीका कुल बहादुर थापा बेष्ट सर्भरको उपाधी पाएका छन । नेपाल आर्मीका प्रशिक्षक कपिल किशोर श्रेष्ठले उत्कृष्ट प्रशिक्षकको उपाधी पाए । उनीहरु सबैले नगद ५ हजारसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा विजेता टिम तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सिना, परिषद बोर्ड सदस्य याम कुमारी गुरुङ, राजेश गुरुङ, नेपाल भलिबल संघका अध्यक्ष मनोरंजन रमण शर्मा, वरिष्ठ उपाध्यक्ष याम गुरुङ, संघका सल्लाहकार द्वय नारायण शर्मा र रमेशमान मल्ल, महासचिब जितेन्द्र बहादुर चन्द, उपाध्यक्ष रन्जन खड्का, जापान शाखाका अध्यक्ष नविन गुरुङ, प्रतियोगिताका संयोजक राजकुमार गुरुङ, सचिब डिबी नेपाली लगाएतले पुरुस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

नेपाल भलिबल संघ द्वारा आयोजित उक्त प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close