नेपाल आर्मी लिगको शिर्ष स्थानमा, निर्णायक खेलमा एपिएफ संग भिड्ने

पोखरा, ६ पुस ।
पोखरामा जारी “चौथो आरबिबि एनभिए राष्ट्रिय एनभिए पुरुष लिग भलिबल च्याम्पियनशिप २०७५” मा विभागिय टोली त्रिभुवन क्लबको नेपाल आर्मी छैटौ दिनको खेलमा आफूलाई शिर्ष स्थानमा राख्न सफल भएको छ । नेपाल आर्मी निर्णायक खेलमा एपिएफ संग भिडने पक्का भएको छ ।

जारी लिगमा नेपाल आर्मी १८ अंकका साथ शिर्ष स्थानमा छ भने अन्य दुई विभागिय टोली पनि क्रमश द्वितिय र तृतिय स्थानमा रहेका छन । लिगको अंक तालिकामा शसस्त्र प्रहरीको एपिएफ क्लब १७ अंकका साथ दोश्रो र नेपाल पुलिस १६ अंकका साथ तेश्रो स्थानमा रहेका छन ।

लिग च्याम्पियन बन्नका लागि नेपाल आर्मीले एपिएफको सामना गर्नु पर्ने हुन्छ भने तेश्रो स्थानका लागि नेपाल पुलिसले रुपन्देहीको मणिमुकुन्दलाई पराजित गर्नुपर्ने हुन्छ । मणिमुकुन्द भने ११ अंकका साथ लिगको चौथोस्थानमा रहेको छ ।

शुक्रबार पोखरा रंगशाला स्थित भलिबल प्रशिक्षण केन्द्रमा सम्पन्न खेलमा नेपाल आर्मीले नयाँ बजार स्पोर्टस् क्लबलाई २५–१९, २५–२०, र २५–१८ को सोझो सेटमा पराजित गर्दै स्पष्ट ३ अंक बटुलेको छ ।

आज सम्पन्न भएका अन्य तिन खेल मध्ये अर्को विभागिय टोली नेपाल पुलिसले ढोरपाटनलाई सोझो सेटमा हरायो । केही भारतिय खेलाडी सहित मैदानमा उत्रिएको ढोरपाटनले पहिलो सेट २५–२१ ले गुमाउन पुग्यो । पछिल्ला दुई सेटमा पुलिसले ढोरपाटानलाई खेलमा फर्कने कुनै मौकानै दिएन । दोश्रो सेट २५–१४ ले जितेको पुलिसले तेश्रो सेट २५–१८ ले आफ्नो पक्षमा पार्यो ।

त्यस्तै गरि सम्पन्न अन्तिम खेलमा एपिएफले जाउलाखेललाई ३–१ सेटमा पाखा लगाउँदै ३ अंक हात पार्यो । एपिएफले जाउलाखेललाई २५–१०, १६–२५, २५–१७ र २५ १२ को सेटले पराजित गर्यो । भोली शनिबार पहिलो र दोश्रो र तेश्रो तथा चौथो स्थानका लागि खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close