दोस्रो विष्णु तिमिल्सिना स्मृती सेभेन–ए–साइड फुटबल हुने, खेलकुद मन्त्रि विश्वकर्माले उद्घाटन गर्ने

पोखरा, ५ पुस ।
विष्णुपादुका क्लब हेमजाको आयोजनामा हुन लागेको दोस्रो विष्णु तिमिल्सिना स्मृति हेमजा सेभेन ए साइड फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

विष्णुपादुका फुटबल एकेडेमीको सहयोगार्थमा हुने उक्त प्रतियोगिता पुस ७ देखि १४ गते सम्म विष्णुपादुका खेल मैदान पोखरा–२५ हेमजामा सञ्चालन हुनेछ ।

प्रतियोगितालाई सफल बनाउनका लागि गठिन मुल आयोजक समिति र विभिन्न उपसमितिले आ–आफ्नो काम अन्तिम चरणमा पु¥याएको विष्णु पादुका क्लबका अध्यक्ष कृष्ण खड्काले जानकारी दिए । “विष्णुपादुका क्लबले गरेका हरेक गतिविधिमा यहाँहरुको सहयोग र साथ रहेको छ”,अध्यक्ष खड्काले भने–“यो प्रतियोगिता सफलबनाउन पनि सबैको साथको अपेक्षा गरेका छौं ।”

प्रतियोगिताको उद्घाटन नेपाल सरकारका संघीय खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले गर्ने भएका छन् ।

“मैत्रीभाव तथा स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल उद्घोषका साथ युवाहरुलाई रचनात्मक कार्यमा संलग्न गराउँदै राष्ट्रको खेलकुद विकासमा टेवा पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा प्रथम टिमलाई १ लाख ११ हजार १ सय ११ ट्रफी, मेडल र प्रमाण पत्र तथा दोस्रो हुने टिमलाई ५५ हजार ५ सय ५५ ट्रफी मेडल र प्रमाण पत्र रहेको अध्यक्ष खड्काले जानकारी दिए ।

त्यसैगरी अनुशासित टिमलाई १० हजार ट्रफी मेडल प्रमाण पत्र, सर्वोकृष्ट खेलाडीलाई ५ हजार ट्रफी मेडल प्रमाण पत्र रहेको छ भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट फरवार्डलाई ३/३ हजार ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको सेमिफाइनलमा पुग्ने टिमलाई पनि १० हजार रुपैया पुरस्कार रहेको छ । प्रतियोगितामा टिम दर्ता शुल्क ६ हजार रहेको छ । प्रतियोगितामा ५० टिमको सहभागिता हुने अपेक्षा गरिएको छ ।

प्रतियोगिता सफल बनाउनका लागि हेमजामा भएको एक भेलाले विष्णुपादुका क्लबका सल्लाहकार जगतबहादुर थापाको संयोजकत्वमा मुल आयोजक समिति गठन गरेको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि करिव ९ लाख २१ हजार ६ सय ६६ रुपैया खर्च लाग्ने अनुमान गरेको अर्थ संकलन उपसमिति संयोजक राजेन्द्र थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close