विभागिय टोली नेपाल आर्मी शिर्ष स्थानमा दुई विभागिय टोली एक अर्कालाई पछ्याउँदै

पोखरा, ५ पुष ।
पोखरामा जारी “चौथो आरबिबि एनभिए राष्ट्रिय एनभिए पुरुष भलिबल च्याम्पियनशिप २०७५” मा विभागिय टोली नेपाल आर्मीको त्रिभुवन क्लब शिर्ष स्थान बनाउन सफल भएको छ ।

पोखरा रंगशाला स्थित भलिबल प्रशिक्षण केन्द्रमा जारी खेलमा ६ खेल खेल्दै नेपाल आर्मी १५ अंक सहित शिर्ष स्थानमा उक्लिएको हो । ६ खेलनै खेलेका शसस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल पुलिस १४ र १३ अंकका साथ क्रमश दोश्रो र तेश्रो स्थानमा छन । रुपन्देहीको मणिमुकुन्द भलिबल क्लब ११ अंकका साथ चौथो र नयाँवजार स्पोर्टस् क्लब ९ अंकका साथ पाँचौ स्थानमा छ ।

बिहिबार दुई खेल खेल्नु पर्ने हेल्प नेपाल स्पोर्टस् क्लब बुधबारको विवादका कारण खेल बाट नै बाहिरिए पछि नेपाली आर्मी र जाउलाखेलको खातामा नियमानुसार ३–३ अंक जोडिएको आयोजकले जनाएको छ । बिहिबारको खेलमा ढोरपाटनले जाउलाखेललाई ३–१ सेटमा पाखा लगाउँदै ढोरपाटनले पहिलो स्पष्ट ३ अंक जोडेको छ । खेलमा ढोरपाटनले २५–१७, १८–२५, २५–१५ र २५–१८ ले जाउलाखेललाई पराजित गरेको हो ।

त्यस्तै दोश्रो खेलमा नयाँबजारले ढोरपाटनलाई सोझो सेटमा पराजित गरेको छ । नयाँबजारले ढोरपाटनलाई २५–२२, २५–१८, र २५–१८ ले हराएको हो । विहिबार भने दुई विभागिय टोली एपिएफ र नेपाल पुलिसको खेल भने रोचक थियो । नेपाल पुलिसले एपिएफलाई ३–१ को सेटमा रोक्दै शिर्ष स्थान हुने एपिएफको चाहनालाई रोक्यो । पहिलो दुई सेट २५–१७ र २५–२१ ले जितेको पुलिसलाई तेश्रो सेटमा भने एपिएफले २४–२६ ले रोक्यो तर चौथो सेटमा खेलमा फर्कदै पुलिसले २५–१७ ले खेल आफ्नो पक्षमा पार्न सफल रह्यो ।

त्यस्तै आजको अन्तिम खेल भने मणिमुकुन्दले जाउलाखेललाई सोझो सेटमा पराजित गरेको छ । मणिमुकुन्दले २५–१४, २५–१२, र २५–२० लेखेल जितेको हो । प्रतियोगिताको छैटौ दिनको लिगमा ३ खेल हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close