
केशब पाठक,
पोखरा, ५ पुष ।
पोखरामा जारी “चौथो आरबिबि एनभिए राष्ट्रिय एनभिए पुरुष भलिबल च्याम्पियनशिप २०७५” मा बिहिबार बाट नयाँ मोड आएको छ ।
जारी लिगमा ३ खेल जितेर ७ अंक जोड्दै चौथो स्थानमा रहेको हेल्प नेपाल स्पोर्टस् क्लबले जारी खेल बाट बाहिरिएको छ । बुधबारको खेलमा हेल्प नेपालले नेपाल भलिबल संघले तोकेको ३ जना विदेशी खेलाडी टिममा राख्न पाउने प्रावधानलाई तोड्दै थप एक जना विदेशी खेलाडी भित्राएपछि एपिएफले प्रोटेष्ट हालेको थियो ।
तर हेल्प नेपालका महासचिब अरुण श्रेष्ठले तिन जना खेलाडी कोर्ट भित्र खेलाउन पाउने र एृक जना अतिरिक्त राख्न पाउने गरि पुरानै नियम अनुसार खेलाडी भित्राएको बताए । “निर्णायकहरुले समेत हुन्छ भने पछि त्यही दुई वर्षको अघिको नियमलाई मान्दै खेलाडी बोलाएका हौं यसमा संघको ब्यवस्थापकिए कमजोरी छ” श्रेष्ठले थप भने–“यसमा गल्ती आयोजकको छ हामीलाई घोर आपत्ती छ, हामी प्रेस रिलिज जारी गर्छौ ।” उनले आयोजकले खेलाडीको परिचयपत्र माग्न पनि तदारुकता नदेखाउँदा यो समस्या आएको बताए ।
तर, नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्षले बोलाएको खेलाडीलाई फिर्ता पठाएर नियम अनुसार ३ जना विदेशी खेलाडी सहित मैदानमा फर्कन आफूले आग्रह गरे पनि हेल्प नेपालले मैदानबाट बाहिरिएको बताए । उनले भने–“हामीले पटक–पटक आग्रह ग¥यौं तर हेल्प नेपालले हाम्रो कुरा सुनेन हामी तुरुन्तै बैठक बसेर अगाडी बढ्छौ, खेल जारी रहन्छ ।”
बिहिबार हेल्प नेपालले दुई खेल खेल्नु पर्ने थियो । बिहिबार उसले जाउलाखेल र नेपाल आर्मी संग लिग खेल्नुपर्ने भएपनि हेल्प नेपाल संगको खेलमा बाकी रहेका टिमले लिगमा कति अंक पाउने भन्ने बारे समेत बैठकको निर्णय पछि मात्रै टुँगो लगाइने वरिष्ठ उपाध्यक्ष गुरुङले बताए ।
बिहिबार दोश्रो दिन रोकिएको जाउलाखेल र ढोरपाटन विच पहिलो खेल भएको छ । खेलमा ढोर पाटनले जाउलाखेललाई ३–१ को सेटमा पराजित गर्दै लिग तालिकामा ३ अं्रक जोडेको छ । खेलमा ढोरपाटनले २५–१७, १८–२५, २५–१५ र २५–१८ ले जाउलाखेललाई पारजित गरेको छ ।
आजको दोश्रो खेलमा ढोरपाटन र नयाँबजार यूवा क्लब भिड्दैछन भने अर्को खेलमा दुई विभगिय टोली एपिएफ र नेपाल पुलिस, मणि मुकुन्द र जाउलाखेल समेत एक अर्का संग खेल्दैछन ।