पाँचौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता शुक्रबारदेखि

काठमाडौं, ४ पुष । नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गतको राष्ट्रिय जुडो संघ, नेपालको आयोजनामा नेकोस पाँचौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा नेपाल, जापान र भुटानका २ सय ९६ खेलाडीको सहभागिता रहने आयोजक राष्ट्रिय जुडो संघका अध्यक्ष धर्मकुमार श्रेष्ठले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । पुरुष÷महिलातर्फ समान १०–१० गरी २० स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

सोही अवसरमा पारा राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत दोश्रो राष्ट्रिय पारा जुडो प्रतियोगिता बिहीबार हुने जानकारी दिइयो । राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघको व्यवस्थापनमा हुने प्रतियोगितामा २२ खेलाडीले विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

बिहीबारै राष्ट्रिय जुडो संघको आयोजनामा दोश्रो नेकोस भेट्रान जुडो प्रतियोगिता पनि हुँदैछ । ८ स्पर्धामा ५० प्रतिस्पर्धी सहभागी हुनेछन् । तीनै प्रतियोगितका खेलहरु खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) मा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close