राष्ट्रिय पुरुष भलिबलः हेल्प नेपालले वाक अभर दिंदा एपिएफ अंक तालिकाको शिर्ष स्थानमा

पोखरा, ४ पुष ।
पोखरामा जारी चौथो आरबिबी एनभिए राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगिताको शीर्षस्थानमा शसस्त्र प्रहरीको एपिएफ क्लब शीर्षस्थानमा उक्लेको छ । विभागिय टोली एपिएफले चौथो दिनको खेलमा हेल्प नेपालले एपिएफलाई वाक ओभर दिएको थियो ।

चौथो दिनको खेलमा हेल्प नेपालले नियम विपरित ४ जना विदेशी खेलाडी भित्राएपछि शसस्त्रले प्रोटेष्ट हालेको थियो । खेलको सुरुवातमा नै हेल्प नेपालले नियम भन्दा बाहिर गएर विदेशी खेलाडी टिममा भित्राएपछि अन्ततः एपिएफ संगको खेलमा वाक ओभर दिन बाध्य भएको नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष याम गुरुङले बताए ।

तर यता हेल्प नेपालका महासचिब अरुण श्रेष्ठले नेपाल भलिबल संघको गलत रबैयाका कारण खेल छोड्नु परेको बताए । संघले पटक–पटक नियम परिवर्तन गर्दा राम्रो संग जानकारी नगराएको उनको आरोप थियो । उनले भने–“हामीले भलिबल खेलका लागि जुन योगदान दिएका छौं त्यस्को पनि मुल्याकंन गरिएन ।”

हेल्प नेपालले वाक ओभर दिए पछि शसस्त्र ३ अंकको भाग्यमानी बन्दै लिग तालिकामा समेत विभागिय आर्मी र नेपाल पुलिसलाई पछि शिर्ष स्थानमा उक्लिएको छ । उसले ५ खेलबाट बाट १४ अंक जोडेको छ । यस अघि बुधवारको खेलमा शसस्त्रको एपिएफले ढोरपाटनलाई हराउदै ११ अंकका साथ दोस्रो स्थानमा उक्लिएको थियो । एपीएफले सोझो सेटमा ढोरपाटनलाई २५–१२, २५–२१ र २५–१५ ले लिदैं स्पष्ट तीन अंक जोडेको थियो ।

आर्मीले अर्को विभागी टोली नेपाल पुलिस र मणिमुकुन्द भलिबल क्बल रुपन्देहीलाई हराउदै लिग चरणको दोश्रोे स्थानमा पुगेको छ । आर्मीले पुलिसलाई सोझो सेट र मणिमुकुन्दलाई ३–२ को सेटमा हराउँदै ५ खेलबाट १२ अंकका साथ दोश्रो स्थानमा पुगेको हो ।

बुधबार पोखरा रंगशालाास्थित कास्की जिल्ला भलिबल प्रशिक्षण केन्द्रमा आयोजित पहिलो खेलमा आर्मीले मणिमुकुन्दलाई पराजित गर्न पाँचै सेट खेल्न पुग्यो । पहिलो सेट १७–२५ ले गुमाएको आर्मीले दोस्रो आफनो पक्षमा पार्दै खेलमा फर्कियो । २६–२४ ले लिदैं खेलमा फर्किएपनि आर्मीले तेस्रो सेटमा पुग्दा लय गुमायो । २४–२६ कै अवस्थामा गुमाएको आर्मी चौथो सेटमा निकै दबावमा प¥यो । तर धैर्यता देखाउँदै आर्मीले चौथो सेट २५–९ मै खुम्चाएर बराबरीमा राख्यो । अन्त्यमा निर्णायक सेट पुरानै लय दो¥हाउँदै १५–२ ले जित्दै अंक तालिकाको खातामा दुई अंक जोड्यो ।

त्यस्तै अर्को खेलमा आर्मीले पुलिसलाई २५–१९, २५–२१ र २५–१५ को सेटमा हराउँदै लिगमा उक्लिने पुलिसको चाहनालाइृ बे्रक लगायो ।

अर्को खेलमा नेपाल प्रहरी भने पाँच खेलबाट १० अंक छ । त्यसै गरी बुधबार नै भएको अर्को खेलमा नयाँ बजार समाज क्लबले जाउलाखेल क्लबलाई सोझो सेटमा हरायो । २५–१९, २५–१७ र २५–२१ मा हरायो । ५ खेल बाट मणिमुक्न्दको ५ अंक र र नयाँबजारका ६ अंक छ ।
तस्बिरः सुदर्शन रंजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close