आर्मीले नेपाल पुलिसलाई स्तब्ध पार्यो, आर्मी शिर्ष स्थानमा, शसस्त्र र नेपाल प्रहरी पछ्याउँदै

पोखरा, ४ पुष ।
पोखरामा जारी “चौथो आरबिबी एनभिए राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगिता”को शीर्षस्थानमा नेपाली सेनाको आर्मी क्लब शीर्षस्थानमा उक्लेको छ । विभागिय टोली आर्मीले चौथो दिनको खेलमा दोहोरो जित निकाल्दै शीर्षस्थानमा उक्लिएको हो ।

आर्मीले अर्को विभागी टोली नेपाल पुलिस र मणिमुकुन्द भलिबल क्बल रुपन्देहीलाई हराउदै शीर्षस्थानमा पुगेको हो । आर्मीले पुलिसलाई सोझो सेट र मणिमुकुन्दलाई ३–२ को सेटमा हराउँदै ५ खेलबाट १२ अंकका साथ शीर्षस्थानमा पुगेको छ । आर्मीले पुलिसलाई २५–१९, २५–२१ र २५–१५ को सेटमा हराउँदै लिगमा उक्लिने पुलिसको चाहनालाई ब्रेक लगायो ।

अर्को खेलमा त्रिभुवन आर्मी क्लबले मणिमुकुन्द भलिबल क्लब रुपन्देहीलाई पराजित गर्दै दुई अंक जोड्यो । बुधबार पोखरा रंगशालाास्थित कास्की जिल्ला भलिबल प्रशिक्षण केन्द्रमा आयोजित पहिलो खेलमा आर्मीले मणिमुकुन्दलाई पराजित गर्न पाँचै सेट खेल्न पुग्यो । पहिलो सेट १७–२५ ले गुमाएको आर्मीले दोस्रो आफनो पक्षमा पार्दै खेलमा फर्कियो । २६–२४ ले लिदैं खेलमा फर्किएपनि आर्मीले तेस्रो सेटमा पुग्दा लय गुमायो । २४–२६ कै अवस्थामा गुमाएको आर्मी चौथो सेटमा निकै दबावमा पार्यो । तर धैर्यता देखाउँदै आर्मीले चौथो सेट २५–९ मै खुम्चाएर बराबरीमा राख्यो । अन्त्यमा निर्णायक सेट पुरानै लय दो¥हाउँदै १५–२ ले जित्दै अंक तालिकाको खातामा दुई अंक जोड्यो ।

अर्को खेलमा शसस्त्रको एपिएफले ढोरपाटनलाई हराउदै ११ अंकका साथ दोस्रो स्थानमा उक्लेको छ । आज भएको खेलमा शसस्त्र प्रहरी बलको एपीएफ क्लबले ढोरपाटनलाई सोझो सेटले पराजित गर्दै स्पष्ट ३ अंकका जोड्यो । शसस्त्रले २५–१२, २५–२१ र २५–१५ ले लिदैं स्पष्ट तीन अंक जोड्यो । चार खेलेको शसस्त्र भने ११ अंकसहित अंक छ ।

नेपाल प्रहरी भने पाँच खेलबाट १० अंक छ । त्यसै गरी बुधबार नै भएको अर्को खेलमा नयाँ बजार समाज क्लबले जाउलाखेल क्लबलाई सोझो सेटमा हरायो । २५–१९, २५–१७ र २५–२१ मा हरायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close