एसियाली तेक्वान्दो युनियनले नेपालमा दियो जिम्मेवारी

काठमाडौ, ५ पुष ।
एसियाली तेक्वान्दो युनियन (एटीयू) को स्थायी कमिटीले नेपालमा २२ जनालाई विभिन्न कमिटीको जिम्मेवारी दिएको छ ।

कमिटीअन्तर्गत एडभाइसरीमा सन्जिव रेग्मी, एजुकेशनमा भोजबहादुर शाह, इथिक्समा हरिश्वर पोखरेल, जुरीडिकलमा नन्दकुमार राई, लिडर्समा दिलबहादुर वोली, मार्केटिङमा भानबहादुर चन्द, कोलेगियटमा भरत महर्जन, एन्टी डोपिङ तथा मेडिकलमा डा. सरोजकृष्ण श्रेष्ठ, पारालिम्पिक्समा कासिममिया धोबीले जिम्मेबारी पाएका छन ।

त्यस्तै जिम्मेबारी पाउनेमा ग्योरोगीमा नवीनकुमार श्रेष्ठ, एथलिट्समा दीपक विष्ट, फाइनान्समा सुमनकुमार घले, युथमा टीकाप्रसाद लिम्बू, डेभ्लोप्मेन्टमा श्याम डंगोल, क्याडेटमा हेमन्त डाँगी, कोचेसमा श्रीमान थापा मगर, टेक्निकलमा नोर्बु लामा, गेम्समा बद्रीप्रसाद घिमिरे, सस्टेनेबिलिटिमा संगीना वैद्य, मिडियामा हीराबहादुर थापा, पुम्सेमा कविराज खड्गी र वुमन इन तेक्वान्दोमा नन्दा बस्यालले जिम्मेवारी पाएको नेपाल तेक्वान्दो संघका सचिव एवं प्रवक्ता दीपक विष्टले जनाएका छन् ।

तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले एटीयूबाट प्राप्तपत्र सम्बन्धितलाई मंगलबार एक कार्यक्रमबीच सातदोबाटोमा हस्तान्तरण गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close