पोखरामा पुरुष भलिबलको तेश्रो दिनको खेल जारी, पुलिस १० अंक सहित शिर्ष स्थानमा

पोखरा, ३ पुस ।
पोखरामा जारी “चौथो आरबिबि एनभिए राष्ट्रिय पुरुष क्लबस्तरीय लिग भलिबल प्रतियोगिता २०७५” मा तेश्रो दिनको खेल जारी रहँदा ढोरपाटन स्र्पोट्स क्लब र हेल्प नेपाल स्पोर्ट्स क्लब, एपिएफ क्लब र नयाँबजार यूब क्लब बिजयी भएका छन ।

तेश्रो दिनको खेल जारी रहँदा ४ खेल बाट १० अंक जोडदै विभागिय टोली नेपाल पुलिस शिर्ष स्थानमा रहेको छ । त्यसै गरि अर्को विभागिय टिम शसस्त्र प्रहरी एपिएफ क्लबले ३ खेल बाट ८ अंक बटुलेको छ भने हेल्प नेपाल र नेपाली सेनाको समान ३ खेल बाट ७–७ अं्रक बुटेलेका छन भने तिन खेल बाट नयाँबजार यूबा क्लबले ३ खेलमा ४ अंक र मणिमुकुन्द रुपन्देहीले ४ खेल बाट ३ अंक बटुलेको छ ।

मंगलबार जारी खेलमा मणिमुकुन्दले ढोरपाटनलाई २५–२३, २५–२० र २५–१६ को सोझो सेटमा पाखा लगाएको छ । त्यसै गरि दोश्रो तर खेलमा नै दाबेदार मानिएको नेपाल पुलिस क्लबलाई हेल्प नेपाल स्पोर्ट्सले २५–२२, २५–२०, २९–३१, १९–२५ र ८–१५ ले पराजित गरेको छ । दुई सेटले पछाडी परेको हेल्प नेपालले पछिल्ला तिन सेटमा पुलिसलाई दबाबमा पार्दै खेल आफ्नो पक्षमा पारेको थियो ।

त्यस्तै अन्य खेलमा एपिएफले नेपाली सेनालाई ३–२ के सेटमा पराजित गरेको छ । रोमाञ्चले भरिएको खेलमा दुवै बिभागिय टोली अंक बाड्न वाध्य भए । एपिएफले नेपाली सेनालाई २५–२१, २५–१८, २५–२१, २०–२५ र १५–११ को अंकले पराजित गरेको हो । त्यस्तै नयाँबजारले मणिमुकुन्दलाई प्रतिष्पर्धात्मक खेलमा २५–१९, २५–२५, २५–२१, १७–२५ र १५–९ ले पराजित गर्दै खेलमा आफूलाई जिवित नै राखेको छ । मंगलबार अन्तिम लिग जाउलाखेल र ढोरपाटन बिचको खेल भने भने प्रकाशका कारण स्थगित गरिएको छ ।

प्रतियोगितामा विजेता क्लबले नगद २ लाख रुपैयाँसहित शिल्ड, पदक तथा प्रमाणपत्र पाउने छ भने उपविजेता क्लबको पोल्टामा एकलाख रुपैयाँ नगदसहित शिल्ड, पदक तथा प्रमाणपत्र पाउने संयोजक राजकुमार गुरुङले जानकारी दिएका छन । तेस्रो स्थानमा रहने क्लबले नगद ५० हजार रुपैयाँ पाउने छ । उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ ट्रफी तथा प्रमाणपत्र पाउने छ । बेष्ट स्पाईकर, बेष्ट ब्लकर, बेष्ट सेटर, बेष्ट डिफेन्स र बेष्ट सर्भरले पनि नगद ५ हजारसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने छन ।
तस्बिरः सुदर्शन रंजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close