
पोखरा, ३ पुस ।
पोखरामा जारी “चौथो आरबिबि एनभिए राष्ट्रिय पुरुष क्लबस्तरीय लिग भलिबल प्रतियोगिता २०७५” मा तेश्रो दिनको खेल जारी रहँदा ढोरपाटन स्र्पोट्स क्लब र हेल्प नेपाल स्पोर्ट्स क्लब नेपाल बिजयी भएका छन ।
मंगलबार जारी खेलमा मणिमुकुन्दले ढोरपाटनलाई २५–२३, २५–२० र २५–१६ को सोझो सेटमा पाखा लगाएको छ । तयसै गरि दोश्रो तर खेलमा नै दाबेदार मानिएको नेपाल पुलिस क्लबलाई हेल्प नेपाल स्पोर्ट्सले २५–२२, २५–२०, २९–३१, १९–२५ र ८–१५ ले पराजित गरेको छ । दुई सेटले पछाडी परेको हेल्प नेपालले पछिल्ला तिन सेटमा पुलिसलाई दबाबमा खेल्न बाध्य पारेको थियो ।
जारी खेलमा नेपाल पुलिस १० अंक सहित अगाडी छ भने हेल्प नेपाल ७ अंक बटुल्न सफल भएको छ । तयसै गरि नेपाल आर्मीको ६ अंक र शसस्त्र प्रहरीको पनि ६ अंक रहेको छ । खेलमा मणिमुकुन्दको ३ र नयाँबजार यूवा क्लबको १ अंक रहेको छ । मंगलबार ढोरपाटन र मणिमुकुन्दले दुई खेल खेल्नेछन ।
प्रतियोगितामा विजेता क्लबले नगद २ लाख रुपैयाँसहित शिल्ड, पदक तथा प्रमाणपत्र पाउने छ भने उपविजेता क्लबको पोल्टामा एकलाख रुपैयाँ नगदसहित शिल्ड, पदक तथा प्रमाणपत्र पाउने संयोजक राजकुमार गुरुङले जानकारी दिएका छन । तेस्रो स्थानमा रहने क्लबले नगद ५० हजार रुपैयाँ पाउने छ । उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ ट्रफी तथा प्रमाणपत्र पाउने छ । बेष्ट स्पाईकर, बेष्ट ब्लकर, बेष्ट सेटर, बेष्ट डिफेन्स र बेष्ट सर्भरले पनि नगद ५ हजारसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने छन ।