पोखरामा पुरुष भलिबल लिगको जारी खेलमा पुलिस, हेल्प नेपाल र एपिएफ बिजयी

पोखरा, २ पुस । पोखरामा जारी चौथो आरबिबि एनभिए राष्ट्रिय पुरुष क्लबस्तरीय लिग भलिबल प्रतियोगिता २०७५ मा नेपाल पुलिस क्बल, हेल्प नेपाल क्लब, नेपाल आर्मी र एपिएफले दोस्रो जित निकालेका छन् ।

उपाधिको दावेदारीमा रहेको नेपाल पुलिस क्लबले जावलाखेल भलिबल स्पोर्टस क्लब काठमाडौंलाई सोझो सेटमा पराजित गर्दै स्पष्ट तीन अंक जोडेको छ । दोस्रो दिन सोमबार पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा भएको प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले जावलाखेलमाथि २५–२१, २५–१४ र २५–१८ को सेटमा पराजित गरेको हो ।

सोमबार भएको दोस्रो खेलमा हेल्प नेपालले र नयाँबजार स्पोर्टस क्लबलाई ३–२ सेटमा पराजीत गर्दै अंक बाडेका छन् । हेल्प नेपालले २२–२५, २५–२०, २५–२१, १६–२५ र १५–११ मा नयाँबजारलाई हरायो । हेल्प नेपाल ५ अंकका साथ दोस्रो स्थानमा उक्लेको छ भने नयाँ बजारले १ अंक बटुलेको छ । हेल्प नेपाल भने आरबिबी एनभिए लिग भलिबल दोस्रो संस्करणको उपाधि विजेता समेत हो ।

यस्तै गरि तेश्रो खेलमा शसस्त्र प्रहरीको एपिएफ क्लबले रुपन्देशीको मणी मुकुन्द यूबा क्लबलाई २५–१८, २५–१५ र २५–१७ को सोझो सेटमा पराजित गरेको छ । यसै गरि चौथो खेलमा त्रिभुबन आर्मीले ढोरपाटनलाई २५–१९, २५–१७ र २५–१२ को सोझो सेटमा पराजित गरेको छ भने अन्तिम खेलमा नेपाल पुलिसले नयाँबजार यूवा क्लबलाई २५–२२, २५–२१, १९–२५ र २५–१३ को सेटमा पराजित गरेको छ ।

प्रतियोगितामा विजेता क्लबले नगद २ लाख रुपैयाँसहित शिल्ड, पदक तथा प्रमाणपत्र पाउने छ भने उपविजेता क्लबको पोल्टामा एकलाख रुपैयाँ नगदसहित शिल्ड, पदक तथा प्रमाणपत्र पाउने संयोजक राजकुमार गुरुङले जानकारी दिएका छन । तेस्रो स्थानमा रहने क्लबले नगद ५० हजार रुपैयाँ पाउने छ ।

उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ ट्रफी तथा प्रमाणपत्र पाउने छ । बेष्ट स्पाईकर, बेष्ट ब्लकर, बेष्ट सेटर, बेष्ट डिफेन्स र बेष्ट सर्भरले पनि नगद ५ हजारसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने छन ।

मंगलबार बिहान ८ बजे वाटनै खेल शुरु हुने छन भने मं्रगलबार समेत लिग अन्र्तगत ५ खेल हुनेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close