पोखरामा चौथो यूनिप्स खेलकुद महोत्सब सुरु, “खेलकुद र शिक्षा एक अर्काका परिपुरक” प्रमुख क्षेत्री

पोखरा, १ पूष ।
निजी तथा आवाशिय विद्यालयहरुको छाता संस्था संस्थागत तथा निजी विद्यालय संगठन नेपाल (यूनिप्स)को चौथो खेलकुद महोत्सब आइतबार पोखरा रंगशालामा औपचारिक रुपमा सुरु भएको छ ।

तिन दिन सम्म चल्ने उक्त खेलकुद महोत्सबको उद्घाटन गर्दै कास्की जिल्ला समन्वय समितीका प्रमुख बैन बहादुर क्षेत्रीले खेलकुद र शिक्षा एक अर्काका परिपुरक भएको बताएका छन । प्रमुख क्षेत्रीले अनुशासन बिनाको खेलकुदको कल्पना समेत गर्न नसकिने बताउँदै भने–“खेल क्षेत्रमा प्रतिष्पर्धा भए पनि खेलकुदमा सहभागिता मात्रै पनि महत्वपूर्ण हुन्छ ।”

यूनिप्सले शिक्षा संगै खेलकुद कार्यक्रम आयोजना गरेर विद्यार्थीहरु भित्र लुकेको प्रतिभा उजागर गर्न योगदान दिएको भन्दै प्रमुख क्षेत्रीले प्रशंसा व्यक्त गरे । उनले मुललको बर्तमानको फरक संरचनाले शिक्षा क्षेत्रमा केही समस्या देखिएको भए पनि त्यसलाई समाधान गर्न शिक्षामा कार्यरत सबै संघ–संस्थाहरुले सहयोग गर्नु पर्ने कुरा औंल्याए ।

कार्यक्रममा शिक्षा बिकास तथा समन्वय इकाई कास्कीका प्रमुख नारायण प्रसाद सुबेदीले खेलकुद जिवनको अभिन्न अंग भएको बताउँदै अध्ययन संगै विद्यार्थीहरुमा लुकेको प्रतिभा उजागर गर्न यस्ता कार्यक्रमले सहयोग गर्ने धारणा राखे ।

यूनिप्सका संस्थापक अध्यक्ष एवम खेलकुद महोत्सबका संयोजक धु्रब गिरीको अध्यक्षतामा भएको कार्यक्रममा यूनिप्सका अध्यक्ष शान्ता बहादुर गुरुङ, खेलकुद महोत्सब उपसमितीका संयोजक बिनोद कुमार नेपाली, यूनिप्सका प्रथम उपाध्यक्ष विश्वराज खनाल लगाएतले आ–आफ्नो धारणा राखेका थिए ।

यसै बिच उद्घाटन कार्यक्रममा सम्पन्न मार्च पासमा वेललन एकेडेमी प्रथम भएको छ । १८ विद्यालय सहभागी मार्च पासमा सत्य साई द्वितिय, स्माइल स्मल हेभेन तृतिय र एकता सेकेण्डरीले चौथो स्थान हासिल गरेका थिए । बिजेता विद्यालयलाई प्रमुख अतिथी क्षेत्रीले कप वितरण गरे ।

यसै गरि ८०० मिटर माबी छात्रा तर्फ सम्पन्न खेलमा कालिका माबीकी स्वस्तिका क्षेत्री बिजयी बनेकी छन । सोही खेलमा स्माइल स्मल हेभेनकी अनुजा पौडेल द्वितिय र वेललनकी रोजिना केसी तृतिय भइन ।

माबी छात्र तर्फ खुल्ला १५०० मिटरमा कालिकाका शुसान भुजेल प्रथम, वेलननका शिव बिक द्वितिय र एकताका डेभिड कार्की तृतिय भए । यसै गरि निमाबी ८०० मिटर छात्र तर्फको खेलमा होली एञ्जलका सञ्जय परियार प्रथम, वेलननका सौगात नेपाली द्वितिय, स्माइल स्मल हेभेनका सुजन बिक तृतिय स्थान प्राप्त गरेको प्रचार प्रसार संयोजक सन्तोष तिवारीले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close