चौथो यूनिप्स स्र्पोट्स मिटको आइतबार पोखरा रंगशालामा उद्घाटन हुने

पोखरा, २९ मंसिर ।
निजी तथा आवाशिय विद्यालयहरुको छाता संस्था संस्थागत तथा निजी विद्यालय संगठन नेपाल (यूनिप्स)को चौथो स्र्पोट्स मिट अन्र्तगत आइतबार पोखरा रंगशालामा औपचारिक रुपमा उद्घाटन हुनेभएको छ ।

चौथो यूनिप्स स्र्पोट्स मिटको गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रि नरदेबी पूनले भब्य कार्यक्रमका बिच उद्घाटन गर्ने कार्यक्रम रहेको प्रचार–प्रसार संयोजक सन्तोष तिवारीले जनाएका छन । उद्घाटन कार्यक्रममा यूनिप्स अन्र्तगतका सबै विद्यालयका विद्यार्थीहरुले मार्चपास गर्नेछन ।

शनिबार चौथो यूनिप्स स्र्पोट्स मिटमा कब्बडीका खेलहरु सम्पन्न भएका छन । जस अन्र्तगत माबी छात्रा तर्फ ज्ञानकुञ्जले कालिका माथी जित हासिल गरेको छ । त्यस्तै निमाबी छात्रा तर्फ ज्ञानकुञ्जले गेफ लाई र निमाबी छात्र तर्फ पिनाकलले गेफलाई पराजित गरेका छन ।

प्रतियोगितामा यूनिप्स अन्र्तगत कास्कीका १८ विद्यालयका ३ हजार विद्यार्थीको सहभागिता रहेको अध्यक्ष शान्ता गुरुङले जानकारी दिएका छन । प्रतियोगिता अन्र्तगत एथलेटिक्सका खेलहरु पोखरा रंगशालामा संचालन हुने प्रतियोगिता संयोजक ध्रुब गिरलिे जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close