
पोखरा, २९ मंसिर ।
पोखरामा यहि पुष १ गते बाट ७ गते सम्म सञ्चालन हुने “चौथो राष्ट्रिय पुरुष क्लब लिग भलिबल च्याम्पियनशिप” अन्र्तगत आइतबार पहिलो दिन लिगका ४ खेलहरु हुने नेपाल भलिबल संघले जनाएको छ ।
नेपाल भलिबल संघका बरिष्ठ उपाध्यक्ष एवम कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भए संगै आइतबारको पहिलो खेल बिहान ८ बजे नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र जावलाखेल भलिबल ट्रेनिङ सेन्टरका बिच हुनेछ भने ९ः३० बजे हेल्प नेपाल स्र्पाेट्स क्लब र ढोरपाटन स्र्पोट्स क्लबका बिच हुनेछ ।
त्यसैगरि दिउसो ११ बजे नेपाल पुलिस क्लब र मनिमुकुन्द भलिबल क्लबका बिच हुनेछ । दिउसो १ बजे हुने उद्घाटन खेलमा काठमाडौको नयाँ बजार यूवा क्लबले शसस्त्र प्रहरीको एपिएफ क्लबको सामना गर्नेछ ।
प्रतियोगिताका संयोजक राजकुमार गुरुङका अनुसार दैनिक १५ हजार दर्शक पोखरा रंगशाला स्थित भलिबल ट्रेनिङ सेन्टरमा खेलको मनोरंजन लिन पुग्ने बताए । “पहिलो पटक काठमाडौ भन्दा बाहिर आयोजना भएको यो प्रतियोगितालाई सफल बनाउन पोखरेली दर्शकको राम्रो साथ पाउने अपेक्षा गरेका छौं” संयोजक गुरुङले भने ।
प्रतियोगितामा चौथो एनभिए राष्ट्रिय च्याम्पिएनशिपमा सहभागी १२ टिम मध्ये उत्कृष्ट ८ स्थान भित्र पर्न सफल टिमहरुले प्रतिष्पर्धा गर्ने भएका हुन । पोखरा रंगशालामा पुस ७ गतेसम्म हुने प्रतियोगिता राउन्ड रोबिन लिग प्रणालीमा हुनेछ ।
प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपिएफसँगै बुटवलको मणिमुकुन्द भलिबल क्लब, जावलाखेल भलिबल तालिम केन्द्र, ढोरपाटन तालीम केन्द्र, हेल्प नेपाल स्पोर्टस् क्लब र नयाँबजार युवा क्लब सहभागी रहने छन् संघका महासचिब जितेन्द्र वहादुर चन्दले बताए ।
प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख पाउनेछन् भने तेस्रो र चौथो हुनेले ५० र २५ हजार रूपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट लिबेरो, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर र प्रशिक्षकले जनही ५–५ हजार रूपैयाँ पाउने प्रतियोगिता संयोजक गुरुङले जानकारी दिए ।